टोकियो । जापानको कन्भिनियन्स स्टोरहरुमा अव विदेशीहरुले पनि रोजगारी भिसामा रही पूर्णकालिन काम गर्न पाउने सम्भावना बढेको छ ।
जापानको लिबरल डेमोक्रेटिक पार्टी(एलडीपी)ले कन्भिनियन्स स्टोरमा फूल टाइम काम गर्न दिने प्रस्ताव अघि सारेको छ । सो पार्टीले बुधवार नयाँ भिसा प्रणाली अन्तर्गत सरकारले विदेशीहरुलाई कन्भिनियन्स स्टोरमा फूल टाइम काम गर्न दिन सक्ने प्रस्ताव ल्याएको छ ।
हालसम्म ,कन्भेनियन्स स्टोरहरुले जापानमा अध्यायन गरिरहेका विदेशी विद्यार्थीहरु, डिपेन्डेन्ट भिसा बहाक तथा शरणार्थी आवेदक लगायतलाई पार्ट टाईम कामको लागि मात्रै राख्न सक्ने कानुनी प्रावधान छ । अपवादमा अरुनै काम तथा क्षमताको प्रमाण पेश गरी, कन्भिनियन्स स्टोरमा काम गर्ने तथा गराउनेहरु भने अहिले पनि रहेका छन् । यद्यपी त्यो वैधानिक भने हईन ।
हाल अघि सारिएको प्रस्तावले, विशेष नेतृत्व क्षमता सहित काम गर्न सक्ने विदेशीहरुलाई पूर्णकालिन् काम गर्ने अनुमति दिन सक्ने अपेक्षा गरिएको छ ।यो केबल सरकार समक्ष यस किसिमको प्रस्ताव प्रस्तुत उन्मुख भएको मात्रै हो । यसबारे, सत्तारुढ दलले आवश्यकता महसुस गरि छलफल उन्मुख भएको हो, यसबारे कुनै ठोस निर्णय या कार्यविधिहरु बनेको अवस्था होईन । यस्ता धेरै विषयहरु प्रस्ताव उन्मुख भएर पनि त्यतिकै थन्किने गर्दछन् भने कतिपय अवस्थामा निर्णयहरु भईसकेर पनि पुन:रद्द हुनपनि सक्दछन् ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




