टोकियो । कोरोना भाईरसको संक्रमण बढ्दै जाँदा विश्वभरका मानिसहरुका लागि मास्क अनिवार्य उत्पादनको रुपमा स्थापित भएको छ ।
जापानमा भने, विभिन्न प्रकारका मास्क उत्पादन सुरुभएको छ । केहि कम्पनीहरुले गर्मी महिना अनुकुल मास्क बजारमा ल्याएका छन् भने केहि कम्पनीहरुले फ्यासनेवल मास्क उत्पादन तथा विक्रि वितरण सुरु गरिसकेका छन् ।
यसैबिच जापानको एउटा स्थापित रोवोर्टिक्स कम्पनी डोनट रोबोटिक्सले स्मार्ट मास्क उत्पादन गरेको छ । जसमा ईन्टरनेट कनेक्शन गर्न सकिनेछ । उक्त स्मार्ट मास्कले म्यासेज संप्रेषण तथा भाषा अनुवादमा सघाउ पुर्याउनेछ । कम्पनीका अनुसार उक्त मास्कले विभिन्न ८ वटा भाषालाई जापानी भाषामा अनुवाद गर्न सक्नेछ । यो मास्कलाई ब्लुतुथको माध्यमबाट स्मार्ट फोन तथा ट्याबलेट्सहरुमा जोड्न सकिन्छ । जसमा जडित एप्लिकेशनको साहयताले मास्क लगाउने व्यक्तिको आवाज लाई लिखित म्यासेजका रुपमा परिवर्तन गराउन,फोन सम्पर्क गराउ तथा आवाजलाई बढाउन समेत मद्दत गर्दछ ।
कम्पनीका प्रमुख कार्यकारी ओनो ताईसुके भन्छन् – ‘हामीले निकै मेहनतका साथ विभिन्न प्रकार/क्षमताका रोबर्टहरु बनायौँ, अहिले त्यहि प्रविधि यो स्मार्ट मास्क बनाउन उपयोग गरिरहेका छौँ । हामी हाम्रो प्राविधिक ज्ञानको उपयोगबाट कोरोना महामारीलाई नियन्त्रण तथा प्रभाव न्युनिकरणमा योगदान गरौँ भनेर लागिरहेका छौँ ।’
डोटन रोबोटिक्सले सुरुवातमा सेप्टेम्बर महिनामा, ५ हजार प्रति उक्त स्मार्ट मास्क जापानी बजारमा पठाउने छ । त्यसपछि चाईना,अमेरिका तथा युरोपियन बजारमा निर्यात गरिने छ ।
करिब ४० डलर मूल्य पर्ने सो स्मार्ट मास्क ठूलो परिमाणमा बिक्री हुने अनुमान गरिएको छ ।
शनिबार टोकियोमा ५७ सहित जापानभर ८८ जनामा कोरोना संक्रमण, टोकियोमा जोखिम बढ्दो
शनिबार टोकियोमा एकै दिन ५७ जनामा कोरोना संक्रमण,संक्रमित संख्या ६ हजार नाघ्यो
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




