{"uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1593312297971","source":"other","origin":"gallery"}

टोकियो । जापान अन्य मुलुकको तुलनामा  हरेक सेवा सुविधा उत्कृष्ट रहेको मुलुक हो । धेरै जसो विदेशीहरुलाई यहाँका सबैजसो सेवा तथा सुविधाहरु गुणस्तरीय हुन्छ भन्ने, लाग्दछ । तर यथार्थमा त्यो पूर्ण सत्य होईन यहाँ पनि,थुप्रै कमि कमजोरीहरु छन् र हुने गर्दछन् । कारण यहाँ पनि हामी जस्तै मानिसहरुले सेवा दिने हुन् र मानवीय त्रुटीहरु शुन्य हुनै सक्दैन ।

अघिल्लो वर्ष जापानका विभिन्न प्रिसिकुल तथा चाईल्ड केयर सेन्टरहरुमा हालसम्मकै उच्च १ हजार ७ सय ४४ वटा दुर्घटनाहरु भए । जुन दुर्घटनाहरुमा परि केहि बालबालिकाको ज्यानै गयो भने केहिको शारीरिक अंगभंग भए केहि सुस्त मनःस्थितिको सिकार समेत हुन पुगे ।

शुक्रबार संसदीय कार्यलयले दिएको जानकारी अनुसार, अघिल्लो वर्ष,जापानका प्रिस्कुल तथा चाईल्ड केयर ( बालबालिका हेरचाह)सेन्टरहरुमा भएको दुर्घटनामा परि, ६ जना बालबालिकाहरुको ज्यान गयो। यसरी ज्यानै गुम्ने किसिमको घटनाको झण्डै आधा जस्तो चाईल्ड केयर सेन्टरमा मात्रै घटेका हुन् । यसका अलवा नर्सरी स्कुल तथा अस्थाई बालबालिक हेरचाह केन्द्रमा केहि मात्रमा देखिएको छ ।

यस्ता सम्बेदनशील स्थानमा हुने घटनाहरुको कारण भनेको प्रयाप्त कर्मचारी अभाव, उपयुक्त भौतिक व्यवस्थापन हुन नसक्नु । खानपानका बेलाको सरसफाई तथा खाद्य गुणस्तर कम हुनु लगायतका रहने गरेका छन् । जापान सरकारले यस्का प्रतिकुलताबरु न्युनिकरण होस भनि अघिल्लो वर्षको अक्टोबर देखि यस्ता प्रिस्कुल तथा चाईल्ड केयर सेन्टरहरुलाई अनुदानको पनि व्यवस्था गरेको छ ।
यस्ता दुर्घटनाहरुमा कतिपयको सुत्ने शारिक अवस्था निमिलेका कारण पनि निधन हुने गरेको छ । कतिपय चाहीँ लडेर, ठोक्किएर पनि मृत्युको मुखमा पुग्ने गरेका छन् ।

अघिल्लो वर्ष घटेका १,७४४ वटा दुर्घटनामा ६ जनाको निधन तथा १,४०१ जनाको शरिरका विभिन्न अंगहरुमा चोटपटक एवं भाँच्निने/ मर्किने लगायतका असर देखिए भने ११ जना अचेत अवस्थामा पुगेको उल्लेख गरिएको छ ।

जापान नियम कानुनको पूर्णरुपमा पालना गराउने मुलुक हो, त्यसैले त्यस्ता घटना घटेका स्कुलहरुलाई कार्वाही तथा पिजितलाई उचित न्याय त दिने गरिन्छ नै तर पनि, व्यस्थताको चरम शिखरमा रहेका बाउ आमा जो महंगो पैसा तिरी आफ्नो सन्तानलाई अरुको भरमा जिम्मा लगाएर काममा जोत्तिएका हुन्छन् उनिहरुको लागि सन्तानको स्वास्थ्य र ज्यानभन्दा ठूलो क्षतिपूर्ति के नै पो होला र ?

स्मरण रहोस् केहि वर्ष अघि, जापानमा नेपाली समुदायबाट संचालिक एक मात्रै विद्यालयमा पनि एक विद्यार्थी दुर्घटनामा परी घाईते भएका थिए । उनि हालसम्म पनि पूर्ण स्वस्थ बन्न सकेका छैनन् ।

जापानको एक रोबोटिक्स कम्पनी बनायो स्मार्ट मास्क,म्यासेज पठाउने,आवाज ठूलो बनाउने तथा भाषा अनुवाद समेत सहज

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार