{"uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1593474413998","source":"other","origin":"unknown"}

टोकियो । सोमबार २९ तारिख जापानभर १०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सोमबार टोकियोमा ५८ जना, होक्काईदोमा ११ जना,साईतामा केनमा १३ जना,ओसाकामा ७ जना, खानागावा केनमा ६ जना,चिबा केनमा ४ जना,क्योटोमा ४ जना,तोचीगी केनमा २ जना,सिजुओका केनमा १ जना, आईची केनमा १ जना,ईबाराकी केनमा १ जना र फुकुओका केनमा १ जनामा संक्रमण पुष्टि भएको हो । यसका अलवा एयरपोर्टको क्वारेन्टाईनमा १ जनामा संक्रमण पुष्टि भएको छ ।

अन्यत्र भन्दा धेरै संक्रमित देखिदै आएको टोकियोमा यहि अनुपातमा बढ्दै गए फेरि कोरोना उच्च सतर्कता चेतावनी जारी गर्नुपर्ने विज्ञहरुले विश्लेषण गर्न थालेका छन् ।

टोकियोमा सोमबार ५८ जनामा कोरोना संक्रमण पुष्टि, कुल संक्रमित ६,१७२ पुग्यो

 

 


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार