@‚VŒŽ‚P“ú‚©‚ç‚̃ŒƒW‘Ü—L—¿‰»‚ð’m‚点‚éƒRƒ“ƒrƒj‚̉t»ƒ‚ƒjƒ^[“Œ‹ž“s`‹æ‚̃tƒ@ƒ~ƒŠ[ƒ}[ƒgƒ€ƒXƒu“c’¬“X

टोकियो । एकछिन, पख्नुहोस् है ! तपाई किनमेलका लागि बजार जाँदै त हुनुहुन्न ? बिर्सनु त भएको छैन नि, आजबाट जापानका सबै पसलहरुमा प्लास्टिक झोलाको शुल्क लाग्नेछ । यानेकि हिजोसम्म सामान किन्ने ग्राहकलाई सित्तैमा प्लास्टिकको झोलामा सामान राखेर पठाउने पसलका कर्मचारीले आजबाट पैसा लिएर मात्र दिनेछन् ।

जापान सरकारले प्लास्टिकजन्य फोहोर बढेर वातावरणमा असर बढ्दै गएपछि त्यसको न्युनिकरणमा सहयोग पुग्छ कि भन्ने उद्देश्यले अनिवार्य शुल्क लिनुपर्ने नियम कार्यन्वयन गरेको हो ।त्यसो त जापानका केहि ठूला सुपरमार्केटहरुले भने यस अघिदेखिनै प्लास्टिक झोलाको पैसा लिँदै आएका छन् । आजबाट चाहीँ जापानभरका सबै सुपरमार्केट, डिपार्टमेन्टल स्टोर, कन्भिनियन्स स्टोरहरुले अनिवार्य पैसा लिएर मात्रै प्लास्टिकको झोला दिनेछन् ।

यो निर्णय सरकार तथा व्यवसायीहरुले आम्दानी बढाउने उदेश्यले गरेको नभई, ग्राहकहरुलाई झोला लिएर किनमेल गर्ने बानीको विकास होस् भन्ने हेतुले गरिएको हो । जापान धेरै प्लास्टिक जन्य सामग्रीहरु प्रयोग गर्ने मुलुकको सुचीमा पर्दछ । यद्यपी यहाँको प्रभावकारी व्यवस्थापनले तत्काललै विकराल समस्याहरु त सिर्जना गरिसकेको छैन । यद्यपी अव यसको प्रयोगमा निरुत्साहन गर्न नसकेको खण्डमा वातावरणमा ठूलो असर पुग्नेछ । हाल जापानभरको प्लास्टिक जन्य फोहोरहरुमा किनमेलमा प्रयोग हुने प्लास्टिकको योगदान २ प्रतिशत मात्रै रहेको छ ।

यो निर्णयले तत्काल त्यस्ता पसलहरुमा काम गर्ने कर्मचारीहरुको काम थपिंदिएको छ भने, जापानका अधिकांस मानिसहरु कन्भिनियन्स स्टोरहरुमा सामान किनेर प्लास्टिकमा झुण्ड्याउँदै पार्कमा बसेर खाना/ खाजा चलनमा अभ्यस्त भएकाले उनिहरुको दैनिक खर्च पनि केहि येन भएपनि बढ्ने छ ।

पसल अनुसार, झोलाको साईज अनुसार – १,२,३ येन प्रति मूल्य तोकिएको छ । सकभर थोरै पैसा त होनी भनेर तिरेर हिँड्नुभन्दा घरबाट आफ्नै झोला लिएर, पसल जाने बानीको विकास गर्न सके, यो निर्णयको औचित्य रहनेछ ।

मंगलबार जापानभर १३८ जनामा कोरोना संक्रमण, टोकियो तथा खानागावा केनमा जोखिम बढ्यो, फेरि आपतकाल घोषणा हुनसक्ने


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार