
वाईड बडीको भएको कारणले यस कोरोनाको समयमा विभिन्न देशमा भएको नेपालीहरूको उद्दार गर्न तथा मेडिकल सामाग्री लिन जानसकेको छ । भलै भाडा दरको असन्तुष्टी धेरैमा छ तर कोरोनाको यस्तो बिकराल परिस्थितिमा स्वेदश फर्कन चाहनेलाई ल्याईदिएको त छ । आफ्नो परिवार सँग भेट्न सक्ने त बनाईदिएको छ र अझै धेरै ठाँउमा लिन जाँदैछ । वाईड बडी भएकै कारण जापानसम्म डारेक्ट उडान गर्न सकिएको छ । नेपालमा डिनर खाएर ब्रेकफास्ट खाने समयमा जापान पुग्न सक्ने भएको छ ।
वि. सं. २०१५ असार १७ गते(सन् १९५८ जुलाई १ तारिक )को दिन नेपाल वायुसेवा निगम स्थापना भएको थियो। नेपालमा राष्ट्रिय ध्वजा बाहकले आफ्नो सेवा सुरु गरेको पनि ६२ वर्ष पुगेछ। यो ६२ वर्षमा निक्कै उतार-चडाव गर्दै आजको मिति सम्म हवाई यातायात मार्फत नेपाली लगायत अन्य मुलुकको यात्रुहरूलाई सेवा दिंदै आएको छ र आशा छ यो निरन्तर चलिरहनेछ। यो ६२ वर्षमा नेपाल वायुसेवा निगमले गर्नुपर्ने व्यवसायिक विकास र गन्तव्य बिकास भने अपेक्षा अनुरूप गरेको भने छैन । सामान्य देखि माथिल्ला तहमा राजनैतिक नियुक्ति, केही कर्मचारीहरूको लापर्वाही र भ्रष्ट मानसिकताले गर्दा उँभो लाग्नु पर्ने नेपाल वायुसेवा निगम दिनदिनै उँधो लाग्दै गयो र केही वर्ष अगाडी टाट पल्टिने स्थितिमा पुगेको थियो ।
बिमान नभई के उडाउने , निगमलाई कसरी व्यवसायिक तथा गन्तव्य बिकास गर्ने ? यदि निगमलाई जोगाउने हो भने बिमान चाहिन्छ , धेरै यात्रु बोक्न सक्ने र लामो दुरी सम्म जान सक्ने चाहिन्छ । तत्काललाई दुई वटा वाईड बडी बिमान जसरी पनि ल्याउनै पर्छ भनेर जस्तो सुकै अनियमितताको आरोप लागेपनि आफ्नो अडानमा अडिक रहेर काम गर्ने तत्कालिन नेपाल वायुसेवा निगमको महा-प्रवन्धक सुगत रत्न कंसाकार र बिपक्षी र मिडियामा आएको हल्लाको पछी नलागेर आफु मातहतको निगमलाई बचाउन भएपनि बिमान चाहिन्छ भनेर खरिद कार्यलाई अगाडी बढाउने तत्कालिन संकृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री स्वर्गीय रविन्द्र अधिकारीलाई हामीले कुनै पनि अर्थमा बिर्सनु हुँदैन ।
यि दुई पात्रको साहस र अडान नभएको भए सम्भवत नेपाल वासुसेवा निगम पुरै धरासाही हुने थियो र नेपालको एक मात्र राष्ट्रिय ध्वाजा बाहकलाई बचाउन हम्मे हम्मे पर्थ्यो । यही वाईड बडीको भएको कारणले यस कोरोनाको समयमा विभिन्न देशमा भएको नेपालीहरूको उद्दार गर्न तथा मेडिकल सामाग्री लिन जानसकेको छ । भलै भाडा दरको असन्तुष्टी धेरैमा छ तर कोरोनाको यस्तो बिकराल परिस्थितिमा स्वेदश फर्कन चाहनेलाई ल्याईदिएको त छ । आफ्नो परिवार सँग भेट्न सक्ने त बनाईदिएको छ र अझै धेरै ठाँउमा लिन जाँदैछ । वाईड बडी भएकै कारण जापानसम्म डारेक्ट उडान गर्न सकिएको छ । नेपालमा डिनर खाएर ब्रेकफास्ट खाने समयमा जापान पुग्न सक्ने भएको छ । हाल कोरोनाको समयमा पहिला कहिल्यै पनि उडान नभएको स्थानमा चार्टर तथा रिपाट्रीएसन फ्लाईट उडाउन सफल भएको छ । यसले नेपाल वासुसेवा निगमको पाईलट, क्रु मेम्बर, व्यवस्थापन आदीको क्षमताको पनि उजागर गरेको छ । यदी डेस्टिनेशन दिने हो भने संसारको जुनै कुनामा पनि प्लेन उडान सक्छौ भन्ने प्रमाण दिएको छ । यसको ज्वलन्त उदाहरण हो अस्ट्रेलियाको लागि गरिएको १२ घण्टा लामो ऐतिहासिक उडान । यसले के अर्थ लगाउछ भने हाम्रो पाईलट, क्रु मेम्बरहरू पनि सक्षम रहेछ , कुनै बिदेशी एयरलाईन्स भन्दा कम रहेनछ । विभिन्न गन्तव्यहरूमा अहिले गरिएको चार्टड तथा रिपाट्रीएसन उडानले भविष्यमा त्यस क्षेत्रको रेगुलर उडान गर्न सकिनेछ भन्ने एउटा आधार बनाईदिएको छ । हाम्रो देशको पाईलट, क्रु मेम्बरलाई अनुभव दिलाईदिएको छ ।
निगममा आसिन व्यक्तिहरू बिषेश गरी उच्च ओहदाकाहरूले चाहेमा अझै धेरै गर्नसक्छन् , दुई वटा वाईड बडीमा सिमित नरहेर बिमान संख्यामा बृद्धी गर्न सक्छ । तर बिडम्बान यही संस्था बाट तलब, बोनस, भत्ता र अन्य सुविधा लिएर पनि यदी कसैले नियमको फाईदाको लागि व्यवसाहिक प्रपोजल लिएर जाँदा यसले निगमलाई त फाईदा गर्छ तर मलाई व्यक्तिगत फाईदा के हुन्छ ? कति हुन्छ ? भनेर सोध्ने कर्मचारीहरू अझै पनि छन् । यस्ता धमिराहरूलाई राम्ररी चिनेर जरै देखिनै सफाया गर्ने हो भने नेपाल वायु सेवा निगमको भविष्य उज्वल छ । नेपालीहरू संसारको धेरै देशमा पुगेको छ , नेपालीहरूको जनघनोत्व धेरै भएको देशहरूमा मात्र उडान गरेपनि निगमलाई धेरै फाईदा हुन्छ , त्यस बाहेकको त्यस देशको पर्यटक त छदैछ ।
नेपाल वायु सेवा निगमलाई ६२ औं वर्षिक उत्सवको बधाई छ । आउदाँ दिनहरूमा अझै सेवा लगायत व्यवसाहियक प्रगती गर्दै जाओस् शुभकामना छ ।
जय चन्द्र सुर्य
शिव तण्डुकार
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




