
टोकियो । बिहिबार २ तारिख जापानमा कोरोना संक्रमण ह्वात्तै बढेको छ । बिहिबार राती ११ बजेसम्मको अपडेट अनुसार जापानभर १९६ जनामा कोरोना पुष्टि भएको हो ।
बिहिबार जापानमा टोकियोमा १०७ जना, साईतामा केनमा १९ जना,खानागावा केनमा १३ जना,चिबा केनमा ११ जना, होक्काईदोमा ८ जना,ओसाकामा ८ जना,खागोसिमा केनमा ९ जना,फुकुओका केनमा ४ जना,क्योटोमा ३ जना,गिफु केनमा ३ जना,ईबाराकी केनमा २ जना,तोचिगी केनमा २ जना,ओखायामा केनमा २ जना,ह्योगो केनमा १ जना र तोत्तोरी केनमा १ जना संक्रमित देखिएको हो ।
टोकियोमा जोखिम बढ्दो
बिहिबार २ तारिख, टोकियोमा मे महिनाको २ तारिख यताकै धेरै एकैदिन १०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो २ महिनाको विचमा जापानका अन्य प्रान्तहरुमा कोरोना संक्रमण नियन्त्रणमा आएता पनि राजधानी टोकियोमा भने फेरि संक्रमण दोहोरिएको अनुमान गरिएको छ ।
अस्ति,१ तारिख, आपतकाल हटाईएपछिकै धेरै एकैदिन ६७ जना संक्रमित भएको टोकियोमा हिजो फेरि २ महिना अघिको उच्च बिन्दुमा पुगेको छ । यसरी हेर्दा हरेक दिन संक्रमित थपिने क्रममा छन् ।
यसपटकको संक्रमितहरुमा अधिकांस २० देखि ३० वर्ष उमेर समुहका युवाहरु रहेको खुल्न आएको छ । स्रोतका अनुसार संक्रमित मध्ये अधिकांस रात्री व्यवसायहरुको बाहुल्यता रहेका सहरहरुसंग विविध प्रकारले जोडिएका व्यक्तिहरु जस्तै – ग्राहक तथा सेवा प्रदायकहरु रहेका छन् । पछिल्लो २ दिनको डाटा हेर्दा टोकियोको सिन्जुकु तथा ईकेबुकुरो क्षेत्रमा अधिक संक्रमण देखिएको छ ।
हिजो संक्रमित संख्या २ अंकबाट ३ अंकको (१०५) उच्च बिन्दुमा पुगेकाले,साँझ कोरोना भाईरस नियन्त्रण मुख्यालयको बैठक पछि टोकियो महानगरकी गभर्नर कोईके युरिकोले पत्रकार सम्मेलन गरि संक्रमण नियन्त्रणको पछिल्लो अवस्था तथा अवको तयारीको बारेमा जानकारी गराएकी थिईन् ।
टोकियोमा एकैदिन १०७ जनामा कोरोना संक्रमण, सिन्जुकु तथा ईकेबुकुरोमा क्षेत्रमा जोखिम बढ्दो
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




