{"uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1593819686967","source":"other","origin":"gallery"}

टोकियो । शुक्रवार ३ तारिख, जापानभर कोरोना संक्रमण बढेको छ । स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार शनिबार बिहान १ बजेसम्म जापानभर २५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संख्या पछिल्लो २ महिना यताकै उच्च हो ।

शुक्रवार टोकियोमा १२४ जना,खानागावा केनमा २४ जना,साईतामा केनमा २६ जना,खागोसिमा केनमा ३० जना,चिबा केनमा ९ जना,ईबाराकी केनमा ६ जना,तोचिगी केनमा २ जना गुन्मा केनमा १ जना, सिजुओका केनमा ५ जना,ओखायामा केनमा ४ जना,मियागी केनमा २ जना,ओसाकामा ११ जना, क्योतोमा ५ जना र एयरपोर्टको क्वारेन्टाईनमा १ जनामा संक्रमण पुष्टि भएको हो ।

यसरी, जापानभर फेरि कोरोना संक्रमणको जोखिम बढेको छ । अत्यधिक संक्रमण देखिएको टोकियोमा भने, अव तत्काल रोकथामको उपायहरु अवलम्बन गर्न नसके पहिले भन्दा पनि भयवह स्थिति आउन सक्ने विज्ञहरुको अनुमान रहेको छ ।

शुक्रवार टोकियोमा एकैदिन १२० जना भन्दा बढीमा कोरोना संक्रमण पुष्टि(१२:४०बजेको अपडेट)

विहिबार जापानभर १९६ जनामा कोरोना संक्रमण, पुन: आपतकाल घोषणाको तयारी

 

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार