टोकियो । जापानमा अघिल्लो वर्ष डिमेन्सिया ( स्मरण शक्ति घट्दै जाने, मस्तिष्क सम्बन्धित रोग)तथा त्यस्तै प्रकृतिका समस्याका कारण १७ हजार ४ सय ७९ जना वेपत्ता भएका छन् ।

राष्ट्रिय प्रहरी एजेन्सीले बिहिबार जनाए अनुसार,डिमेन्सियाका तथा यसका आशंका गरिएका १७ हजार ४ सय ७९ जना वेपत्ता भएका हुन् । यसरी हराउनेहरुको यो संख्या हालसम्मकै उच्च हो । प्रहरील् सन २०१२ देखि यस प्रकारको तथ्यांक्क संकलन गर्दै आएको छ ।
यसरी हराएका मध्ये ४ सय ६० जनाको मृत्यु भएको पुष्टि भएको छ । मृत्युका कारणहरुमा सडक दुर्घटना रहेको प्रहरीले जनाएको छ ।वेसुरमा सडकहरुमा हिँडडुल गर्दा, सवारी साधनहरुको ठक्करका कारण निधन हुने गरेका हुन् ।
यसरी, हराउनेहरुलाई पत्ता लगाउन स्थानीय सरकारसंग थप सरकार्य गरि प्रभावकारीता बढाउने प्रहरीले बताएको छ ।

यसरी हराएकाहरुलाई चाँडै पत्ता लगाउन तथा यस्ता समस्या भएका व्यक्तिहरुको व्यक्तिहरुको पहिचानको लागि परिवारसंगको सल्लाहमा अनुहारको फोटो तथा हस्तरेखाहरु दर्ता गराउने लगायतका कामहरु गरिरहेको बताईएको छ ।

शुक्रबार जापानभर २५० जनामा कोरोना संक्रमण, तत्काल रोकथाम हुन नसके पहिले भन्दा भयवह स्थिति बन्ने

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार