{"source_sid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1594546737052","subsource":"done_button","uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1594546736873","source":"other","origin":"gallery"}

नागोया/जापान। नेपाल  जापान एजुकेशनल सपोर्ट क्लबले कोरोनाको महामारीको यो जटिल परिस्थितीमा  नेपालमा दैनिक गुजारा गर्न अत्यन्तै मुश्किलमा परेका गरीब तथा ज्याला मजदुरी गरेर जीवन यापन गरिरहेका परिवारलाई १५ लाख येन आर्थीक सहयोग गर्ने भएको छ ।

संस्थाको नागोया स्थित शाखामा बसेको बैठकले  सामुदायिक विद्यालयहरुमा अध्ययन गरिरहेका गरिब तथा बिपन्न बर्गका छात्र छात्राका अभिभावकलाई छनौट गरि ३०० घर-धुरीलाई  प्रति घर ५ हजार रुपैँया बितरण गर्ने निर्णय गरेको छ ।यो महामारीको चपेटामा परेका परिवारलाई केहि मात्रा भए पनि राहत मिल्ने उदेश्यले यो कार्यक्रम गर्न लागिएको संथाका प्रमुख राजेन्द्र  थापाले जानकारी दिनुभयो ।

संस्थाका अध्यक्ष जापानी नागरिक यामाशिता किन्जोले आफु हरेक वर्ष ३ पटक नेपाल जाँदै बिभिन्न शैक्षिक गतिबिधीमा सहभागी भएता पनि यसपाली कोरोनाको कारणले नेपाल जान नसकिएता पनि  नेपाली विद्यार्थी भाईबहिनीहरुको लागि गर्दै आएको सहयोगको  निरन्तरता दिइने जानकारी गराउनु भयो ।उक्त बैठकमा जापानीज मेम्बर तथा छात्रबृती डोनर दोमिची ताकेहिको तथा जापानीज पत्रकार  यागी माना  र समाजसेवी राधा थापाको पनि उपस्थित थियो।


उक्त नगद राहत बितरण कार्यक्रममा  अध्यक्ष जापानीज नागरिक यामाशिता किन्जो को उपस्थितीमा  नेपाल स्थित संथाका प्रोग्राम कोर्डिनेटर सुनिल हिराचन र प्रतिनिधी  मनु ज्वाहर्चनको रोहबरमा गरिने योजना बनाईएको छ ।
संस्थाले, बिगत ३३ बर्ष देखी नेपालका सामुदायिक बिद्यालय भवन निर्माण्,छात्रबृती बितरण ,फर्नीचर  प्रदान्,शैक्षिक भ्रमण्,फोटो डे, खेलकुद आईटम सेट अप ,कम्युटर तथा शैक्षिक सामग्री बितरण , अन्तर – बिधायलयस्तरिय भलिबल प्रतियोगोता  गर्दै आईरहेको छ ।


अध्यक्ष, यामाशिता बिगत ३ दशक देखी नेपालको शैक्षिक तथा सामाजिक कार्यमा उल्लेखनिय योगदान
पुर्याउंदै ७३ पटक नेपाल पुगि सक्नु भएको छ ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार