{"source_sid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1594892414778","subsource":"done_button","uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1594892414766","source":"other","origin":"unknown"}

टोकियो । एनआरएनए एसिया प्यासिफिक युवा समितिबाट आउँदो अगष्ट ०९ मा आयोजना हुन गैई रहेको बक्तृत्वकला प्रतियोगिताका लागि यहि जुलाई २५ सम्म नाम पठाउनु पर्ने भएकाले जुलाई २१ सम्म इच्छुक बाल बालिकाले सहभागिता जनाउनका लागि एनआरएनए जापानले अनुरोध गरेको छ ।
प्रतियोगिताको पहिलो चरणको प्रतिस्पर्धा जापानमा गराई एक छात्रा सहित बढीमा तिन जना बिजेताहरूलाई मात्र दोश्रो चरणमा सहभागी गराईने छ । एनआरएनए जापानका प्रवक्ता सिद्धार्थ श्रेष्ठका अनुसार- अध्यक्ष देवीलाल भण्डारी,वरिष्ठ उपाध्यक्ष अनिता गुरुङ ,उपाध्यक्ष नारायण खड्का, युवा उपाध्यक्ष नबिन निउरे , महासचिव जनक बिक्रम शाही,युवा संयोजक अनिल थापा तथा महिला संयोजक संगीता अधिकारी सम्मिलित निर्णायक समिती बनेको छ ।

‘प्रवासमा रहेका दोस्रो पुस्तालाई आफ्नो राष्ट्रप्रति सधै बफदार र राष्ट्रीयताको भावना जगाउनको लागि यस कार्यक्रमको आयोजना गरिएकाले मापदण्डभित्र पर्नुहुने सबैजनालाई सहभागी हुनको लागि अनुरोध गर्दछौँ ।’-प्रवक्ता श्रेष्ठले भन्नुभयो ।

प्रतियोगिताका मापदण्डहरु
सहभागीहरुले -‘राष्ट्रको लागि मेरो सपनामा ‘भन्ने शिर्षकमा केन्द्रित रहनु पर्नेछ ।
सहभागिताको लागि नेपाली मुलको जापानमा बसोबास भएको व्यक्ति हुनु पर्नेछ ।
प्रतियोगितामा सहभागिता जनाउन १ ९ बर्ष भन्दा कम उमेरका हुनु पर्नेछ ।
प्रतियोगितामा सहभागी ले आफ्नो परिचय समेत खुल्ने गरी कम्तिमा तिन मिनेट लामो आफुले तयार पारेको सामग्री भिडीयो मार्फत एनआरएनएको nrnanccjpn@gmail.com वा Japan@nrna.org मेल गर्नु पर्नेछ ।
नेपाली वा अग्रेजी भाषामा मात्र समावेश गराउने छ ।

सहभागी विधार्थीको नाम यहि जुलाई २५ मा हुने प्रतिस्पर्धा गराई बिजेताहरुलाई मात्र एसिया प्यासिफिकमा सहभागी गराईने छ ।

प्रतियोगिताको बारेमा थप जानकारीका लागि यहाँ क्लिक गर्नुहोला

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार