{"source_sid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1596445361326","subsource":"done_button","uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1596445332283","source":"other","origin":"unknown"}

नागोया/आईची। एनआरएनए जापानको क्षेत्रिय भेला सम्पन्न गरेको छ। आईतबार ‘टकोभिड १९ को कारण उच्च सतर्कता अपनाउदै आईचि केनको नागोया शहरमा क्षेत्रिय भेला सम्पन्न गरेको हो ।

एनआरएनए जापानका अध्यक्ष देबिलाल भन्डारीले अध्यक्षता गर्नु भएको भेलामा,प्रमुख अतिथि आइसिसी एनआरएनए कोषाध्यक्ष महेश श्रेष्ठ, बिशेष अतिथि एसिया प्यासिफिक संयोजक गोबिन्द श्रेष्ठ (रोबिन्द्र), उपसंयोजक पारशमणि पोखरेल, एनआरएनए आईसिसी सदस्य इन्दिरा सुजुकी आईसिसी मानर्थ सदस्य कपिलदेव थापा, प्रवासी नेपाली एकता मंच सदस्य बाबुराम भन्डारी, जनसम्पर्क समितीका सह- महामन्त्री हरी कंडेल, धादिङ समाज अध्यक्ष एवं एनआरएनए सल्लाहकार कृष्ण खनाल, नेपाली बिधार्थी समाजका अध्यक्ष कृष्ण भुसाल, नुवाकोट समाज अध्यक्ष हरि लामिछाने ,तामाङ समाज प्रतिनिधि हरि चन्द्र लामा,एनसिसी सल्लाहकारहरू कार्यसमिति सदस्यहरू र मानर्थ सदस्यहरू तथा क्षेत्रिय समितिका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

यसका साथै, आईसिसी अध्यक्ष कुमार पन्तले अनलाईनबाट  सम्बोधन गर्नु भएको थियो भने निबर्तमान अध्यक्ष भवन भट्टले सन्देश पठाउनु भएको थियो  । आईसिसी सदस्य तुल्सीराम खरेल र आईसिसी मानर्थ सदस्य आत्माराम गैरे उपस्थिति हुनु हुन्थ्यो ।
भेला ब्यबस्थापन संयोजक दिपक कार्की हुनु हुन्थ्यो भने यस भेला सम्पन्न गर्न नागोया क्षेत्रिय कमिटीले समन्वय गरेको थियो।कार्यक्रम एनआरएनए जापानका महासचिव जनक विक्रम शाहीले संचालन गर्नुभएको थियो ।
सम्पन्न भेला बाट निम्म निर्णय भएका छन।
१.क्षेत्र र केन्द्रबीचको सम्बन्धलाई सुद्दढ गर्दै आगमी
दिनमा समन्वय र सहकार्य गर्दै अगाडी बढ्ने २.फुकुओका हुन गैई रहेको बार्षिक साघरणसभा
लाई उच्च सतर्कता अपनाई भब्य र सभ्य तरिकाबाट सम्पन्न गर्ने । ३.हालै बिश्वब्यापि महामारी रूपमा फैलिएको कोरोना भाईरसको सामना गर्न सबै हात एक साथगर्ने बाताबरण सिर्जना गरिने ।४.आवाश्यकता अनुसार बिधी बिधानमा रही क्षेत्रिय
समिति बिस्तार गरिने। ५.आर्थिक निती एकद्वार प्रणालीबाट अगाडी बढाईने।६.बिधानलाई आगमी बार्षिक साधरणसभा बाट आवाश्यकता अनुसार सम्पादन गर्दै लैजाने। ७.नेपाली समुदाय बिचमा आई पर्ने समस्या समधानको लागी नेपाली राजदुताबास संग सहकार्य गर्दै अगाडी बढ्ने।८.क्षेत्रिय समितिलाई संसक्त बनाउनको लागि आवाश्यकता अनुसार प्रशिक्षण तथा एक आपसमा खेलकुद गतिबिधी गराउने। ९.जति सक्दो चाडै नया सदस्यता बितरण गर्ने बाताबरण मिलाउने। १०.नेपाली समुदायको बस्ती रहेको क्षेत्रमा एनआरएनए आवाज अनुसार सकारात्मक गतिबिधी गरिने।

दुई सत्रमा विभाजन गरि सम्पन्न भेलामा, पहिलो सत्र उदघाटन सहित शुभकामना ब्यक्त गरिएको थियो भने। दोश्रो सत्रमा क्षेत्रिय कमिटीबाट आफुहरू ले गरेका कामको प्रतिवेदन बाचन गर्ने काम र नया कार्यबिधीहरूमा छलफल भएको थियो।
कोभिड १९ को महामारी ले गर्दा भेलालाई जति सक्दो छोट्याउने काम गरिएको थियो।

यस्तो महामारीमा क्षेत्रिय भेला नगरी नहुने के यस्तो संकट पर्यो भन्ने हाम्रो प्रश्नमा एनआरएनए जापानका प्रबक्ता सिद्धार्थ श्रेष्ठ ले भन्नु भयो- ‘हामी सामाजिक संघ, संस्थाको पदिय जिम्मेबारी लिए पछि कुनै पनि समस्याबाट भाग्ने छुट नभएका ले उच्च सतर्कता अपनाई सबै क्षेत्रका प्रमुखहरूलाई एक ठाउमा राखी यो कोभिड १९ मा उहाहरू को भुमिका कस्तो रह्यो र आगमी दिनमा कसरी अगाडी बढ्ने भन्ने छलफल नै कोभिड १९ संग सम्बन्धित रहेका ले यति बेला नै आवाश्यक हो भन्ने हाम्रो बुझाई हो’

तस्बिरहरु

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार