{"uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1597887756193","source":"other","origin":"unknown","sources":["332379115046211","317144670202211"]}

नेपाली नारीहरुको महान पर्व हरीतालिका तीज नजिकै आएको छ । तीज नजिकिए संगै यसलाई सुरक्षित भई मनाउने जिम्मेवारी बढेको छ । आफन्तजन, दिदी बहिनी भेटघाट नभई मनाउनुपर्ने परिस्थिति देखिएको छ । महान पर्व भएपनि गुपचुप मनाउनु पर्दा महिलाहरुमा तीजको रौंनक बिगतमा जस्तो देखिएको छैन । बिगतका तीजहरुलाई नियाल्ने हो भने यतीबेला जापानका मुख्य शहरहरु टोकियो, नागोया, ओकिनवा, चिबा लगायतका नेपालीको बसोबास रहेका शहरहरु तीजले छपक्कै छोपेको देखिन्थ्यो । ट्रेन, बस, सडक, रेष्टुरेन्ट सबैतिर तीजमय देखिन्थ्यो । प्रवासमा रहदा पनि संस्कृतीको निरन्तरता र संरक्षण गर्न, (दर खान, साथीहरु भेटन र रमाईलो गर्न) १ महिना अघि देखि काममा बिदा राख्ने र तीज मनाउने गरेको धेरै नारीको अनुभव छ । तर अहिले परिस्थिती फरक छ । कोभिड-१९ ले विश्व आक्रान्त छ । मानिसलाई कोभिड-१९ बाट कसरी बच्ने भन्ने त्राही-त्राही छ । जसका कारण अहिलेको तीजमा ठूलो समूहमा दर नखाने, जमघट नगर्ने, नाचगान नगरी तीजलाई निरन्तरता दिने धेरैको तर्क छ ।

विश्व स्वास्थ्य संघको तथ्याङ हेर्ने हो भने अहिले सम्म विश्वभर २ करोड बढी संक्रमीत भएका छन भने ७ लाख बढीले ज्यान गुमाईसके । जापानमा पनि संक्रमणको दर उच्च छ । दिनप्रतिदिन नया संक्रमित थपिएका छन् । अहिले सम्मको तथ्याङ्क हेर्दा ५९ हजार बढी संक्रमित पुगेका छन् । यस्तो बिषम परिस्थितीमा तीजलाई जमघट हुने र धुमधाम संग मनाउने परिस्थिती नै छैन । जापान सरकारले पनि संक्रमणबाट बच्नका लागि सामाजिक दुरी कायम गर्न, भीडभाड, जमघट, पाटी, सभा नगर्न आग्रह गरेको छ । सरकारको आग्रहलाई मनन गर्दै र आफनो सुरक्षाका लागि नारीहरु घरमै बसेर तीज मनाउने योजना बनाएका छन् ।
बिगतका तीजमा साथीहरु, आफन्तजन भेटघाट भई तीज मनाएको स्मरण गर्दै यसपाली घरमै तीज मनाउने महिला अगुवा कामना भण्डारी बताउनुहुन्छ । । “संस्कृतीको निरन्तरता र नयाँ पुस्तालाई हस्तान्तरण गर्न पनि तीज मनाउनुपर्छ” । भण्डारी थप्नुहुन्छ । अहिले परिस्थिती फरक भएका कारण भीडभाड र ठूलो जमघट नगरी सुरक्षित रहदै नेपालको रिती र संस्कृती अनुसार तीज मनाउन अरु दिदी बहिनीलाई पनि सुझाव दिनुहुन्छ ।

करीब १ लाख हाराहारी नेपाली रहेको जापानमा आधा हिसा महिलाले ओगटेको छ । बिगतलाई हेर्ने हो भने तीजलाई धुमधाम संग मनाउने गरेको पाईन्छ । अझ भन्ने हो भने जापानमा तीज पर्वलाई महोत्सवको रुपमा मनाउने गरिन्थ्यो । यो संगै एनआरएनए, जिल्लाबासी रुपमा स्थापीत संघसंस्थाले दिदीबहिनी जम्मा पारी दर खुवाउने, शुभकामना आदानप्रदान गरेर माईतीको भूमिका निभाउथे । तर अहिले भने सुरक्षित रही घरमै तीज मनाउन सुझाब दिन्छन् ।
जापानमा मनाईने तीज घरदेशमा भन्दा खासै फरक छैन पुरानै रिती र संस्कृती अनुसार मनाउने चलन छ । दर खाने, वर्त वस्ने, दतिवल चपाउने, मन्दिर जाने, पूजापाठ गर्ने ईत्यादी गरी मनाईने गरिन्छ । “हजुरआमा, आमाले मनाएजस्तै जापानमा पनि त्यही शैलीमा तीज मनाउछु “ अन्तराष्ट्रीय साहित्य समाज जापानकी संरक्षक गृष्मा पौड्याल बताउनुहुन्छ । नेपालकी छोरी जापानकी बुहारी पौड्याल पारीवारिक संस्कार फरक भएपनि तीजलाई आफ्नै शैलीमा मनाएको र पारिवारीक सपोट पाएको उहाको तर्क छ । शिक्षा पेशामा आवद्ध पौड्याल तीज नारीको पर्व भएकोले विश्वको जहाँ रहेपनि नेपाली शैलीमा मनाउन र बालबच्चालाई सिकाउन सल्लाह दिनुहुन्छ ।

जापानमा मनाईने तीजमा नेपाली संगै जापानीज महिलाहरु पनि आक्रषित भएको पाईन्छ । बिगतका दिनहरुमा कार्यक्रममा सहभागी हुने दर खाने, तीजका गीतमा नाच्ने गरेको जापानी महिला सुगिमा बताउनुहुन्छ । नेपाली संस्कृती संग परिचीत सुगिमा “तीजमा नेपाली दिदी बहिनी परिवारको दिर्घायुको लागि वर्त बस्छन ।” यसरी वर्त बस्दा, पूजापाठ गर्दा परिवारमा सुख, शान्ती र बालबच्चा अनुशासित हुने नेपाली आमाहरुले भनेको बताउनुहुन्छ ।

तीजले नारीलाई सुन्दरता संगै पारीवारिक मेलमिलाप आत्मियता, आत्मसन्तुष्टी र संस्कार पनि सिकाएको हुन्छ ।
पर्वका नाममा गरिने वर्त, कामना, पूजा विधि र परिकारले नारीलाई खुशी संगै संक्षम र आत्मबल बढाएको हुन्छ । यो संगै पारिवारिक जिम्मेवारी,सामाजिक उत्तर दायित्व र नेत्तृत्व तहमा पुग्न अग्रसर बनाउँछ । एउटा संक्षम नारीले परिवार सुन्दर बनाउन सक्छिन् । बालबच्चालाई राम्रो शिक्षा र संस्कार दिन सक्छिन । त्यसैले पर्वलाई संस्कृतीको रुपमा लिउँ , सव्य, अनुशासित र सुरक्षित भई तीज मनाउँ ।

विश्वको जुनसुकै कुनामा भएपनि हामी नेपाली हौं । तीज हाम्रो संस्कृती हो, यसलाई आफ्नै संस्कारले मनाउँ र प्रवासबाटै सव्य नारीको परिचय दिउँ ।

 

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार