टोकियो/जापान । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापानको नवौँ बार्षिक साधारसभाको तयारी अन्तिम चरणमा पुगेको छ। साधरण सभा यही सेप्टेम्वर १९ तारिक क्युस्युको फुकोओका शहरमा सम्पन्न हुन गैईरहेको छ ।

एनआरएनए जापानका प्रवक्ता सिद्धार्थ श्रेष्ठका अनुसार कोभिड-१९ को यस्तो महामारीको समयमा,मानिसहरुको ठूलो जमघट हुने कार्यक्रमहरू नगरेको राम्रो हुने धरणाहरु आईरहेको भएता पनि सामाजिक दुरी क़ायम गरेर ज्वरो तथा लक्षणहरुको चेक जाँच गरी उच्च सतर्कता अपनाउदै गर्ने तयारी गरिएको छ ।

‘कोरोना निर्मुल भएर गरौँला भन्ने कुरा तत्काललाई अनिश्चित भएकाले उच्च सतर्कता अप्नाउँदै आफ्ना दैनिकी तथा नियमित कार्य र ज़िम्मेवारी बहन गर्नुको विकल्प छैन । त्यसैले उच्च सतर्कताका साथ साधरण सभामा सहभागी हुनका लागि अनुरोध गर्दछु।’अध्यक्ष देविलाल भण्डारीले भन्नुभयो ।

प्रवक्ता श्रेष्ठले भन्नुभयो-‘आदरणीय अग्रजहरू एवं सम्पूर्ण अभियन्ता तथा सरोकारवाला पक्षहरुलाई उपस्थितीको लागि हार्दिक अनुरोध गर्दछौ । आउनुहोस् उच्च सतर्कताका साथ साधरण सभामा सहभागी बनौँ । यद्यपी जापान सरकारले कुनै खालको सभा, सम्मेलन वा भेला जस्ता कार्यक्रम गर्न निषेधाज्ञा जारी गरेको अबस्थामा भने हामी जापान सरकार ले तोकेको नियमको पालना गर्नेछौँ ।’

जापानको एक रोबोटिक्स कम्पनी बनायो स्मार्ट मास्क,म्यासेज पठाउने,आवाज ठूलो बनाउने तथा भाषा अनुवाद समेत सहज

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार