ईबाराकी/जापान । नक्कली कागजात पेश गरी जापानको भिसा लिएको अभियोगमा २ जना नेपाली पक्राउ परेका छन् ।

जापानी संचारमाध्यमहरुले जनाए अनुसार यसरी पक्राउ पर्नेमा नक्कली बाउ र नक्कली छोरी  रहेका छन् । समाचारमा जनाईए अनुसार पक्राउ पर्नेमा दिपेन्द्र  सहनी (नक्कली बाउ) र  सृजना बोहोरा (नक्कली छोरी) हुन् ।

ईबाराकी केनको हिताची सहरस्थित हिगासी तागामाचीमा रेस्टोरेन्ट संचालन गर्दैआएका ३८ वर्षिय सहनीले आफ्नो सालीलाई ( दिपिसा सहनी नाम राखी) छोरी बनाएर जापान प्रवेश गराएको खुलासा भएपछि, फर्जि कागजात बनाई अध्यागम कानुन उल्लंघन गरेको आरोपमा उनिहरु दुबैजनालाई पक्राउ गरिएको हो ।
यस प्रकारको घटना,ईबाराकी प्रान्तमा पहिलो भएको समाचारमा बताईएको छ ।

( स्रोत: एनएचके अनलाईन)

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार