टोकियो/जापान । जेआर ईस्ट रेलवे(JR East Railway)कम्पनीले अब सुईका तथा टिकट बिना नै रेल चढ्न सकिने क्युआर (QR) कोड प्रणाली संचालनमा ल्याउने भएको छ ।

मोबाईलको फोनको साहयताले क्युआर कोड(QR Code )स्कान गरि सजिलै ट्रेन स्टेसन भित्र प्रवेश गर्न तथा बाहिर निस्किन सकिनेछ । यो प्रणाली कार्यन्वयनमा आएपछि खासगरी विदेशी पर्यटक तथा नियमित रेलसेवा प्रयोग नगर्ने ग्रामिण भगका मानिसहरु लाभान्वित हुने आशा गरिएको छ । जापानमा टोकियो लगायतका सहरहरुमा स्थायी बसोबास गर्नेहरुलाई खासै समस्या नभएता पनि विदे़शी पर्यटक तथा यस्ता सहरी क्षेत्र भन्दा बाहिरबाट आएको यात्रीहरुलाई सुईका या टिकट अनिवार्य लिनुपर्ने प्रावधानले असुविधा भईरकेको थियो ।
सुईका अथावा टिकटको बिकल्पमा क्युआर कोड(QR Code) प्रणाली निर्माणमा लागेको जेआर ईस्ट रेलसेवाले गत बुधवार सिन्जुकु स्टेसनमा दोश्रो पटक सफल परिक्षण गरेको छ । जुन गेटमा मोबाईल फोनमा डाउनलोड गरिको कोड वा कागजमा प्रिन्ट गरिएको कोड स्कान गरेर भित्र छिर्न तथा बाहिर निस्किन सकिन्छ । यस प्रविधि निर्माण गर्ने कम्पनी देस्सो वेव ईंकका अनुसार यो प्रविधि सुईका या टिकटको तुलनामा १.५ गुणा छिटो हुनेछ । जसले अत्यन्तै भिड हुने ट्रेनस्टेसनहरुमा धेरै राहत दिने अपेक्षा गरिएको छ ।
आगमी साताको मंगलबार देखि टोकियोको अर्को स्टेसन ताकानावामा पनि परिक्षण सुरु गरिने छ । र हाल परिक्षणका लागि राखिएको ति स्कानर सहितका गेटहरु यो सेप्टेम्बर महिनाभरी ति स्थानहरुमा रहनेछन् । त्यसपछि यो परिक्षणमा रहेको गेटहरु एकपटक निकालिने छ र पछि पुन: जडान गर्ने योजना रहेको छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




