टोकियो/जापान । सोमबार सेप्टेम्बर १४ तारिख जापानभर २६९ जनामा मात्रै कोरोना संक्रमण पुष्टि भएको छ । यो केहि दिनयताकै न्युन संक्रमण हो ।

सोमबार  टोकियोमा ८० जना,ओसाकामा ३२ जना,आईचि केनमा २३ जना,तोचीगी केनमा २१ जना,होक्काईदोमा ८ जना,मियागी केनमा ३ जना,आकिता केनमा १ जना, फुकुसिमा केनमा ३ जना,ईबाराकी केनमा २ जना,गुन्मा केनमा ६ जना, साईतामा केनमा १६ जना,चिबा केनमा १६ जना, खानागावा केनमा १६ जना,ईसिखावा केनमा १ जना,गिफु केनमा २ जना,मिए केनमा ३ जना,क्योउतोमा ४ जना,नारा केनमा १ जना,तोत्तोरी केनमा २ जना,ओखायामा केनमा १ जना,हिरोशिमा केनमा ४ जना,खागावा केनमा ३ जना,फुकुओका केनमा ७ जना,नागासाकी केनमा १ जना,मियाजाकी केनमा १ जना , ओकिनवा केनमा ४ जना र एयरपोर्ट क्वारेन्टाईनमा ५ जनामा संक्रमण पुष्टि भएको हो ।

जापानमा हालसम्म ७६ हजार ६ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित मध्ये ६६ हजार ५ सय ४ जनाले कोरोना जितेका छन् भने १४ सय ६७ जनाको निधन भएको छ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार