{"uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1600152688638","source":"other","origin":"unknown","sources":["288419083065201"]}

टोकियो/ जापान । गैरआवासीय नेपाली संघ जापान सन २०१७-१९ कार्यसमितिलाई आर्थिक अपारदर्शीताको आरोप लागेको छ ।

गैरआवासीय नेपाली संघ जापानका वर्तमान प्रवक्ता तथा बाग्लुङ समाज जापानका अध्यक्ष सिदार्थ श्रेष्ठले उक्त कार्यसमितिले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन तथा स्मारिका लागायतका दस्तावेजहरुमा प्रस्तुत भएको विवरण र वास्तविकता फरक रहेको खुलासा गरेका हुन् । श्रेष्ठले, सामाजिक संजालमा खुलेर यसरी लेखेका छन् – ‘संघ संस्था आफैमा ख़राब हुदैन ब्यक्तीमा भर पर्छ एनआरएनएका पुराना खाता पल्टाई आर्थिक प्रतिवेदन हेर्दा नेपाल फेष्टीवल २०१८ मा बाग्लुङ समाजको सहयोग दातामा अभिलेख नै छैन संगै कानागावा नेप्लिज कम्युनिटी, मोना जापानको पनि नभएको पाए पछि बैठकमा चर्का चर्की नाम हुनेको पनि दाम नखुलाउने कस्तो बिवरण होला।
हामी तालि बजाउन आएका होईनौ बास्तबिक के रहेछ निरन्तर खोज्ने छौ। हातमा होईन खातामा नै दिएको पनि नआउने।’
नेपालन्युजपोस्टसंग श्रेष्ठले भने-‘ मैले त्यतिखेरको आर्थिक प्रतिवेदन, स्मारिका लगायतका कागजातहरुको अध्यायन गरि, आम्दानी र खर्च तथा त्यसबेलामा भएका अन्य गतिविधिहरुलाई मिलाएर हेर्दा ठूलो आर्थिक चलखल भएको प्रमाण भएकाले जसरी पनि द्वोषीलाई कार्वाहीको घेरामा नल्याई छोड्दिन।’
नेपाल फेस्टिवल २०१८ को लागि विभिन्न संघसंस्थाहरुले दिएको सहयोग रकमनै प्रतिवेदनमा नसमेटि अनियमितता गरेको घट्ना बाहिरिएपछि हामिले तत्कालिन कार्यसमितिका वरिष्ठ उपाध्यक्ष तथा नेपाल फ़ेस्टिवल २०१८ का संयोजक देविलाल भण्डारीलाई सोध्दा उनले भने ‘ हो मैले मेलाको संयोजन गरेको हो । मैले नेपाल फेस्टिवलको लागि कति र कसरी खटेँ त्यो सबैजनाले देखेका छन् ।तर हिसाव किताव तथा प्रतिवेदनहरुको बारेमा म प्रत्यक्ष संलग्न छैन । तत्कालिन समयमा अध्यक्ष ज्यु, महासचिव र कोषाध्यक्षले नै सबै कुरा एकतर्फि ढंगबाट गर्नुभएको हो । छानबिन गरौँ यदि कहीँ कतै मेरो केहि गल्ति भेटिए म कारवाही भोग्न तयार छु ।’

सामाजिक संजालभरी आर्थिक विषय वस्तु छताछुल्ल भएपछि हामीले तत्कालीन कार्यसमितिकी कोषाध्यक्ष ( जो हालको कार्यसमितिमा पनि कोषाध्यक्ष नै छिन्)कालिका थापालाई पनि सोध्यौँ,उनले भनिन् -‘हो म त्यतिखेर कोषाध्यक्ष थिएँ,तर छ महिना मलाई निलम्बन गरि कार्यसमिति बाहिर राखेको कुरा तपाईहरुलाई पनि  थाह छ नी । त्यसैले मैले त्यतिखेरका प्रतिवेदन बनाउँदा तत्कालिन, फ़ेस्टिवल संयोजक, महासिचव, अध्यक्ष लगायतका कार्यसमितीका जिम्मेवार साथीहरुले जे दिनुभयो त्यहि मात्रै समेट्न सक्थेँ र त्यहि गरेको हो । र अर्को कुरा वर्तमान प्रवक्ताले नाम छुटेको कुरालाई आर्थिक अपचलनसंग जोडेता पनि छापाईमा नाम छुटेको मात्रै हो, तर प्राप्त रकममा केहि तलमाथी भएको छैन । यो केवल चरित्र हत्या गर्ने प्रयास गरिएको छ ।,यस बारे म व्यक्तिगतरुपमै विज्ञप्ती निकाल्ने तयारीमा छु ।’

कार्यसमितिमा सबैभन्दा धेरै खटेर संस्था जोगाएको  जस लिँदै आएका महासचिव बुद्दीराज घिमिरेसंग वास्तविकता बुझ्न खोज्दा, उनले भने’ त्यो त्यतिखेरको कार्यसमितिले गरेको  काम हो, अहिले कहीँ कतै केहि त्रुटी भेटियो भनेर हाम्रो काँधमा मात्र हाल्नु संस्थागतरुपमा कसरी जायज हुन्छ । आर्थिक प्रतिवेदन कोषाध्यक्षले बनाउनुभएको हो, त्यसको जवाफदेहिता उहाँनै हुनुहुन्छ । र स्मारिकामा केहि नाम छुटेका सवालमा चाहीँ, स्मारिका प्रकासन गर्ने क्रममा, नेपाल फ़ेस्टिवलको जानकारीहरु ढिला प्राप्त भयो, हत्तार हत्तारमा केहि नामहरु प्राविधिक कारण छुटेका हुन् ।

वास्तविकता जे भएपनि यो विषय बाहिर आएपछि जापानका नेपाली समुदायमा , आम मानिसहरुले सधैँ जसो एनआरएनएहरुप्रति लगाउने गरेको आरोप साँच्चै सत्य नै पो रहेछ कि भन्ने चर्चा चुलिएको छ ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार