{"uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1600168666017","source":"other","origin":"unknown","sources":["331537211041201"]}

टोकियो/जापान । एनआरएनए आईसिसी युवा समितिद्वारा संसारभर छरिएर रहेका १८ वर्ष भन्दा कम उमेरका बालबालिकाहरुको नृत्य तथा गायन प्रतियोगिता गरिने भएको छ ।

दोश्रो पुस्तालाई नेपाल संग जोड्न र राष्ट्रियता प्रति सधै झुकाव रहोस भन्ने उदेश्यका साथ संसार भर छरिएर रहेका १८ बर्ष भन्दा कम उमेरका दोस्रो पुस्ताका एनआरएन बालबिकालाईहरुलाई सहभागी गराउने गरि प्रतियोगिताको आयोजना गरिएको हो ।

उक्त प्रतियोगितामा भाग लिन पहिलो चरणको छनौट सम्बन्धित देश भित्रै गराईने र प्रथम, द्वितीय र तृर्तिय हुन सफल बालबालिकालाई दोश्रो चरणमा एसिया प्यासिफिक बिच छनोट प्रतियोगिता सहभागी गराईने छ । एसियामा प्यासेफिकको प्रतियोगितमा पनि छनौट हुन सफल प्रतियोगीलाई अन्त्यमा आईसिसि स्तरिय प्रतियोगितामा सहभागी गराईने छ ।आयोजकले बिजेताहरूलाई उचित पुरस्कार को ब्यबस्था समेत गरिने बताएको छ। यद्यपी पुरस्कार तथा कार्यक्रमको अन्तिम रुपरेखा भने सार्वजनिक गरेको छैन ।

जापानको लागि छनौट सुरु
यस नृत्य प्रतियोगिताको लागि जापानमा पहिलो चरण छनौट सुरू भएको छ । सेप्टेम्बर १५ तारिखबाट नै सुरू भएको छनौट प्रकृया यही सेप्टेवर २३ सम्म रहनेछ । एनआरएनए जापानका प्रवक्ता सिद्धार्थ श्रेष्ठका अनुसार,यसका लागि प्रतियोगितामा सहभागी हुन चाहनेले बालबालिकाहरुले आफ्नो नृत्य वा गितको भिडीयो बढीमा ५ मिनेट सम्म लामो क्लिप बनाएर एनआरएनए जापानको ईमेल nrnanccjpn@gmail.com मा पठाउनु पर्ने छ।

प्रतियोगिताको लागि भिडियो पठाउँदा एकल नृत्य र समूह नृत्य दुईवटा बिधामा पठाउन सकिनेछ । छनौट चरण सम्पन्न गर्न एनआरएनए जापानकी बरिष्ट उपाध्यक्ष अनिता गुरूङ संयोजक रहने गरी महिला उपाध्यक्ष सबिता श्रेष्ठ, महासचिव जनक बिक्रम शाही, सचिब टिकाराम खरेल र सदस्य अन्जु भण्डारी सम्मिलित  ५ सदस्यीय समिति बनेको छ ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार