
टोकियो /जापान । गैरआवासीय नेपाली संघ जापानको समन्वयमा आईएचएनओ(IHNO)ले नेपाली बिधार्थीलाई वितरण गर्ने छात्रवृत्तिका लागि आवेदन दिने समय थप भएको छ । एनआरएनए जापानको प्रवक्ता सिद्धार्थ श्रेष्ठले दिनुभएको जानकारीका अनुसार गत अगस्ट २० तारिखबाट खुल्ला गरिएको आवेदन दिने मिति यहि सेप्टेम्बर १६ सम्म तोकिएको भएता पनि विविध कारणले अझै आवेदन दिन ईच्छुक विद्यार्थीहरु बाँकी रहेकाले अक्टोबर १ तारिख सम्मलाई समय थप गरिएको हो। ।
उक्त छात्रवृत्तीको लागि , गत जुलाई ३१ मा एनआरएनए जापानको तर्फबाट अध्यक्ष देबिलाल भण्डारी र आईएचएनओको (IHNO तर्फ बाट प्रमुख योसीहारु कोमियाले सहमती पत्रमा संयुक्त हस्ताक्षर गरेका थिए । छात्रबृति बितरणमा समन्वयकारी भुमिका निर्वाह गर्नका लागि एनआरएनए जापानका उपाध्यक्ष लक्ष्मण बानियाको नेतृत्वमा अर्का उपाध्यक्ष दिपक कार्की, महासचिब जनक बिक्रम शाही,सचिब बिकास बस्नेत, महिला संयोजक संगिता अधिकारी, कान्तो अध्यक्ष राकेस रुम्बा, क्युस्यु अध्यक्ष देवराज उप्रेती, खान्साई अध्यक्ष कृष्ण गैरे , नागोया अध्यक्ष श्याम सितल श्रेष्ठ, शिजुओका अध्यक्ष रमेश भन्डारी, चिवा अध्यक्ष बिश्व सुबेदी, निगाता अध्यक्ष दिपक सुनार , नागानो अध्यक्ष बिजय कार्की, ओकिनावा अध्यक्ष प्रितम पुन गर्बुजा, र गुन्मा कुमार लामिछाने रहने गरी १५ सदस्य टिम बनाईएको छ। छात्रबृतिका लागी आवेदन दिन चाहने बिधार्थीहरूले केही जान्न चाहेमा उल्लेखित पदाधिकारीहरुसंग सम्पर्क गर्न सकिने छ ।
छात्रबृतिका लागि आवेदन दिए पनि IHNO ले तोकेको मापदण्ड भित्र परेमा मात्र छात्रबृतिका लागि योग्य हुने प्रबक्ता सिद्धार्थ श्रेष्ठ बताउनु भयो। यस छात्रवृत्तिमा सहभागी बिधार्थी ले एनआरएनए जापानको सदस्यता रहेको हुनुपर्ने छ । यदि हालसम्म सदस्यता लिएको छैन भने, एनआरएनए जापानको बैंक खातामा १,००० येन जम्मा गरि, एनआरएनए
जापानको सदस्यता फारम समेत भरी पैसा डिपोजिट गरेको रसिद पनि संगै पठाउनुपर्नेछ।
आवेदन यस ठेगनामा पठाउनुपर्ने छ ।
〒100-0014
東京都千代田区永田町2-17-17アイオス永田町505
IHNO事務局
03-6550-8811
एनआरएनए जापानको सदस्यता शुल्क यो खातामा ट्रान्सफर गर्नुहोला
10930-13431561
आवस्यक फारम तथा अन्यजानकारीको लागि एनआरएनए जापानका सम्बन्धित पदाधिकारी तथा IHNO को फोन नम्बर : 03-6550-8811 मा सम्पर्क गर्नुहोला ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




