टोकियो/जापान । जापानको एक लाईट्स उत्पादक कम्पनी उशिओ ईंकले विश्वकै पहिलो कोरोना भाईरस मार्नसक्ने युभि लाईट्स निर्माण गरेको छ ।
सामान्यत युभी( अल्ट्राभायोलेट) ले मानिसको छाला तथा आँखामा असर गर्ने भएतापनि यो लाईटमा प्रयोग भएको युभिले मानिसको स्वास्थ्यमा कुनै खरावी नगरी केवल कोरोना भाईरस मार्न सक्ने दावी गरिएको छ ।
द केयर २२२ युभि ल्याम्प नामक यो लाईट उशिओ कम्पनीले कोलम्बिया विश्वविद्यालयसंगको सहकार्यमा निर्माण गरिएको हो । उत्पादक कम्पनीका अनुसार यो लाईटलाई मानिसहरुको भिड अधिक रहने ठाउँहरु जस्तै सार्वजनिक समारोह, सार्वजनिक ट्रेन, बसहरुमा प्रयोग गर्न सके त्यहाँ रहेका घातक भाईरसहरुलाई नष्ट गरि मानिसहरुलाई संक्रमणबाट जोगाउन सकिनेछ । युभि ल्याम्पहरु मेडिकल तथा खाद्य प्रोशोधक कम्पनीहरुले धेरै अघिदेखिनै प्रभावकारी प्रविधिकोरुपमा प्रयोग गर्दै आएका छन् । तर ति स्थानहरुमा प्रयोग गरिँदै आएको युभि ल्याम्पहरु मानिसको स्वास्थ्यमा असर गर्ने खालका हुन्छन् ।हाल उत्पादन गरिएको युभि लाईटसको नकारात्मक असर हुनेछैन । कम्पनीका अनुसार यो ‘ द केयर २२२ युभि ल्याम्प’ सिलिङ्मा राखेर चलाएको ६/७ मिनेटमै उक्त स्थानको ल्याम्प नजिकको २.५ मिटर क्षेत्रमा ९९ प्रतिशत भाईरसहरु नष्ट हुनेछन् । उशिओका अनुसार यो हिरोशिमा विश्वविद्यालयले परिक्षण गर्दाको नतिजा हो ।
एउटा मोटो गाता भएको पुस्तकको आकारमा बनेको यो ‘द केयर २२२ युभि ल्याम्प’ तत्काललाई संस्थागतरुपमा विक्री वितरण गरिने छ । जसको मुल्य ३ लाख जापानी येन रहेको छ । पछि आवाश्यकता र प्रभावकारिता अनुसार उत्पादन बढाउँदै सर्वसाधरणहरुको पहुँचमा पनि सजिलै पुर्याउने बताईएको छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




