टोकियो । जापानको आकर्षक पाटो भेन्डिङ मेसिनहरु पनि हुन् । जापानमा भेन्डिङ् मेसिन जता जतै भेटिने सजिला पसलहरु हुन् । सामान्यत भेन्डिङ मेसिनलाई सामान्य भाषा बुक्झ्ने हो भने, स्वचालित मानव रहित पसल हो, जहाँ तोकिएको पैसा हालेर आफुले किन्न चाहेको सामानसँग सम्बन्धित बटम थिचे पुग्छ । न कसैसँग बोल्ने झन्झट, न मुल्य सोध्ने झन्झट ।यस्ता भेनडिङ् मेसिनहरु २४ सै घण्टा स्वचालित रहन्छन र ग्राहकले त्यस मेसिनमा राखिएका आफुले चाहेको सामान जुनसुकै बेला किन्न र उपभोग गर्न सक्छन्न्।
भेन्डिङ् मेसिनको इतिहास
विश्वको पहिलो भेन्डिङ् मेसिनका रुपमा धार्मिकरुपबाट प्रेरित भई निशुल्क पानि बितरणका लागि मन्दिर,मस्जित, तथा चर्चहरुमा राखिने पानीको भाँडालाई मान्ने गरिन्छ ।र यस किसिमको शुरुवात ईजिप्टबाट,२१५ बिसीमा भएको मानिन्छ ।
जापानको सन्दर्भ हेर्ने हो भने,सन १८८८ मा,यामागुची प्रान्तको सिमोनोसेकीमा, तावाराया कोसिची नामका कास्ठ कलाकार तथा आलिस्कारकले सुरुवात गरेको सिग्रेट भेनडरलाई पहिलो भेन्डिङ मेसिन हो भन्ने गरिन्छ । तावाराया कोसिचीले आबिस्कार गरेको पुरानो केहि भेन्डिङ् मेसिन अझै पनि रहेको छ । जस्लाई,’अटोमेटिक स्ट्याप एन्ड पोस्टकार्ड डिस्पेन्सर’ भनिन्छ । जो काठ कार्भिङ् बाट बनेको छ ।
जापानमा सन १९५० को दशकदेखी भेन्डिङ् मेसिनको क्रान्ति नै छायो । मानिसहरु यो नयाँ किसिमको पसलमा आकर्षित हुन थाले,र भेन्डर मेसिनका व्यवसायीहरुले नयाँ सुविधाहरु थप्दै भेन्डिङ मेसिनको विस्तार गरे । फलस्वरुप, सन १९६४ मा २ लाख ४० हजार भेन्डिङ मेसिनहरुको बिस्तार भयो । जापानमा भ्न्डिङ मेसिन यति लोकप्रिय भयो कि सन २०१६ सम्ममा ५.५ मिलियनपुग्यो ।जुन पछिल्ला दिनहरुमा विकसित प्रविधिसंग संगै व्यापक रुपमा वृद्दी हुँदै गईरहेको छ । मानिसहरु हिजोआज भेन्डिङ् मेसिन बिनाको दैनिकी असम्भव ठान्छन् ।
बर्तमान जापानमा,स्कुल,कलेज,पार्क, कम्पनी, ट्रेन लगायत हरेक स्थानहरुमा , विभिन्न आकार प्रकारका,विविध सामानहरु किन्न सकिने भेन्डिङ मेसीनहरु उपलब्ध छन् । भोंक लाग्यो खानेकुरा किन्न, तिर्खा लाग्यो जुस तथा पानी किन्न,पानी पर्यो छाता किन्न,कफी पिउन मन लाग्यो, भेन्डिङ मेसीनमा केहि सिक्का हालेर बटम थिचे पुग्यो । यसरी हरेक मानिसहरुको दैनिकीसँग जोडिएको छ भेन्डिङ मेसीन । बदलिदो पुस्तासंगै,भेन्डिङ मेसीनमा सिक्का मात्र होईन,सुईका,एडी,आईडी लगायतका इलेक्ट्रिक मनी तथा क्रेडिट कार्डहरुको पनि प्रयोग गर्न सकिने खालका पनि बनाईएका छन् ।
(केहि भन्डिङ मेसीनहरु तस्बिरमा)

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




