{"uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1602376528132","source":"other","origin":"unknown"}

टोकियो/जापान । जापानमा रहेका नेपाली समुदायमा कोरोना संक्रमण फैलिएको छ । यस साता जापानका नेपाली समुदायमा हालसम्मकै धेरै संक्रमण पुष्टि भएको छ ।

एनआरएनए जापानका अध्यक्ष देविलाल भण्डारी, लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जापानका अध्यक्ष सूर्य खड्का जनसम्पर्क समिति जापानका पूर्व सभापती डिपी कँडेल,रुपन्देहि समाज जापानका पूर्व अध्यक्ष पशुपती गिरी, बाग्लुङ समाज जापानका उपाध्यक्ष यमकान्त कँडेल तथा नेपालबाट आएका अन्य ३ जनालाई पनि कोरोना संक्रमण पुष्टि भएको हो ।

यस अघि पनि फाट्टफुट्ट संक्रमित भएता उनिहरुको संक्रमण बारे खासै बाहिर जानकारीमा आएको थिएन । तर यसपटक संक्रमित व्यक्तिहरु हरेकदिन सामाजिक कार्यक्रमहरुमा सहभागी हुँदै आएका कारणले पनि धेरै नेपालीहरुलाई सचेत गराउन मद्दत होस भन्ने उदेश्यले पनि सबै घटनाहरु सार्वजनिक गरिएको छ ।

हाल संक्रमितहरुसंग पछिल्लो साता विभिन्न कार्यक्रममा भेटघाट भएकाहरु सबैजना सेल्फ क्वारेन्टाईनमा बसेको बुझिएको छ । यसरी क्वारेन्टाईनमा रहनेहरुको संख्या २ दर्जन बढी रहेका छन् ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार