
टोकियो/जापान । गैरआवासीय नेपाली संघ जापानको आर्थिक अनियमितता छानबिन समिती गठनमा नै झुट्टो भएको खुलासा भएको छ ।
एनआरएनए जापानको कार्यसमिती (१७-१९) मा व्यापक आर्थिक अनियमितता भएको वर्तमान कार्यसमितीका जिम्मेवार पदाधिकारीहरुले बाहिर सार्वजनिक गरेपछि, जापान हुँदै अन्तर्राष्ट्रीयस्तरसम्म हल्लाखल्ला मच्चिएको अनियमितता प्रकरण छानविनका लागि एनआरएनए आईसीसी कोषाध्यक्ष महेश कुमार श्रेष्ठ तथा एसिया प्यासेफिक क्षेत्रिय संयोजक गोबिन्द श्रेष्ठको संयोजन तथा प्रत्यक्ष निगरानीमा एक छानबिन समिति गठन गरिएको भनिएता पनि, उक्त गठित छानबिन समितिका संयोजक एनआरएनए जापानका संस्थापक अध्यक्ष राजन प्रधानाङ्गले आफैलाई थाहै नदिई आफ्नै संयोजकत्वमा छानबिन समिति गठन गरेको कुरामा गम्भीर ध्यानाकर्षण भएको भन्दै एक विज्ञप्ती निकालेका छन् ।
प्रधानाङ्गले विज्ञप्तीमा भनेका छन् – आर्थिक अनियमितता जस्तो गम्भीर विषयको छानबिन समिति गठन गर्ने कुरालाई यस्तो हल्कारुपमा लिईनुले विषयान्तर हुने प्रवल सम्भावना छ। त्यसैले सरोकारवाहरु सचेत हुनुपर्ने देखिएको छ ।
यस्तो छ विज्ञप्तीको पूर्ण पाठ

यस अघि, आर्थिक अनियमितता छानबिन समिति गठन भएको कुरा एसिया प्यासेफिक क्षेत्रिय संयोजक गोबिन्द श्रेष्ठले आफ्नो फेसबुकमा उल्लेख गरेका थिए भने केहि संचारमाध्यमहरु समाचार पनि आएको थियो । जसको व्यहोरा यस्तो थियो । श्रेष्ठको फेसबुकबाट जस्ताको तस्तै
सबैमा नमस्कार
सामाजिक संघ सस्थामा आर्थिक पारदर्शिता प्रमुख हो । हामी एनआरएनए भित्र यसलाइ सबै माझ चुस्तदुरुस्त हिसाब होस भन्ने नै चाहन्छौ । पछिल्लो समयमा जापानको एनआरएनए एनसीसिमा देखिएको आर्थिक बिबाद बारेमा एनआरएनए एशिया प्यासिफीकले गम्भीर ध्यानार्कषण संगै यस बारेमा छलफल अगाडी बढाएको थियो ।
यो बारेमा एशिया क्षेत्रले ठोस कदम चालोस भन्ने एनआरएनए आइसिसीको निर्देशन संगै हामीले स्वतन्त्र छानबिन समिती गठन गरि अगाडी बढ्ने छलफल चलाएका थियौ । सोहि छलफल गर्दै जादा हामी अहिले एउटा निष्कर्षमा पुगेको यहाँहरु समक्ष जानकारी गराउदछौ ।
हामी कुनै पनि बिषयआइ सके पछि यसको अन्तीम बिन्दु सम्म पुग्नु पर्छ यो हाम्रो कर्तब्य पनि हो, बिगत का कार्यकाल मा भयको आर्थिक बिषय लाई लियर भयको जनगुनासो जसले बिगतमा भएका गल्ति कमजोरीहरु पनि सबै बाहिर आउन र भोलिका दिनहरुमा यस्ता कुराहरु नदोरिउन भन्ने हाम्रो चाहना हो ।
यि सबैकुराहरुलाइ मध्यनजर गर्दै एनआरएनए जापानका सस्थापक अध्यक्ष राजन प्रधानांग को संयोजकत्वमा देहाय बमोजिमको अधिकार सम्पन्न स्वतन्त्र छानबिन समिती गठन गरेको जानकारी गराउदछौ ।
छानबिन समितीका निम्न बमोजिम रहने छ ।
१) संयोजकः राजन प्रधानांग
२) सदस्यः बिजय थकाली
३) सदस्यः डा.बलराम श्रेष्ठ
४) सदस्यः शालिग्राम भण्डारी
५) सदस्यः डा.सरोज कंडेल
नोटः छानबिन समितीले आफ्नो कार्यतालिका संगै सम्पर्क माध्ययम पनि सार्बजनिक गर्ने यहाँहरु समक्ष जानकारी गराउदछौ ।
धन्यवाद ।
गोबिन्द श्रेष्ठ रोबिन्द
संयोजक
एनआरएनए एशिया प्यासिफीक
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




