{"uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1601076123574","source":"other","origin":"gallery","sources":["292653507006201"]}

टोकियो/जापान । गैरआवासीय नेपाली संघ जापानले यही आउदो अक्टोबर १७ तारिकको दिन आयोजना गर्ने तय भएको रक्तदान कार्यक्रम स्थगित भएको छ ।

कार्यक्रमको सम्पूर्ण तयारी लगभग अन्तिम चरणमा पुगेता पनि एनआरएनए जापानका अध्यक्ष लगायत नेपाली समुदायका अन्य केहि व्यक्तिहरुमा कोरोना संक्रमण पुष्टि भएको तथा उहाँहरुसंग केहिदिन यता भेटघाट भएका अन्य पदाधिकारीहरु पनि सेल्फ क्वारेन्टाईनमा रहेकाले वर्तमान समयलाई ख्याल गर्दै कार्यक्रम स्थगन गरिएको प्रवक्ता सिदार्थ श्रेष्ठले जानकारी दिनुभएको हो ।

तयारीको अन्तिम चरणमा पुगिसकेको कार्यक्रम आकस्मिकरुपमा स्थगन गर्दा सम्बन्धित पक्षहरुमा पर्न गएको असुविधा प्रति एनआरएनए जापानले क्षमयाचना गरेको छ । साथै उपयुक्त समय हेरी पुन: नयाँ मिति सार्वजनिक गरिने पनि जानकारी गराईएको छ ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार