{"uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1602734550534","source":"other","origin":"gallery"}

टोकियो/जापान । सुपर कम्प्युटरको साहयताद्वारा जापानमा हालसम्मकै प्रभावकारी फेस सिल्ड निर्माण गरिएको छ । यो, कोरोना संक्रमण नियन्त्रण गर्दै व्यवसाय संचालन गर्नका लागि जापानका रेस्टुरेन्ट व्यवसायहरुलाई वरदान सावित हुने अपेक्षा गरिएको छ ।

हालसम्म प्रयोगमा आएको फेससिल्डहरुको तुलनामा निकै उपयोगी सावित हुने अनुमान गरिएको यस फेससिल्ड लगाएर रेस्टुरेन्टहरुमा खाना खान समेत सकिनेछ । यसको प्रयोगले लगभग ठप्प भएको जापानका रेस्टुरेन्ट तथा वार व्यवसायले पुनर्जिवन पाउने अपेक्षा गरिएको छ ।

यो फेससिल्ड,तोप्पान प्रिन्टिङ कम्पनी र सन्तोरी लिक्वायर लिमिटेडको मुख्य तदारुकतामा विश्वकै सबैभन्दा तीब्र गतीको कम्प्यूटर फुगाकुको प्रयोग गरि रिकेन रिसर्च ईन्स्टिच्युटका अनुसन्धान कर्ताहरुको समुहले निर्माण गरेका हुन् ।

थर्मोप्लास्टिक मेटेरियलबाट बनाईएको यो पारदर्शी फेससिल्डमा साबिकको फेससिल्डको भन्दा फरक र प्रभावकारी डिजायन प्रयोग गरिएको छ । आँखामा चस्माको आकार सहित मुखमा पुरै ढाकिने गरि हालसम्मकै भिन्न डिजायन उपयोग गरिएको छ । जुन यो चित्रहरुमा देख्न सकिन्छ ।

यो फेससिल्ड धेरै भन्दा धेरै उत्पादन गर्न सकियोस भन्ने उदेश्यले अरु जुनसुकै कम्पनीले उत्पादन गर्न सकिने गरी डिजायन सार्वजनिक गरिने जनाईएको छ । यसो भएमा कोरोनाका कारण अति प्रभावित रेस्टुरेन्टहरुले पुनर्जिवन प्राप्त गर्न सक्नेछन् ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार