एप्पलले १३ अक्टोबर मंगलबार इभेन्ट आयोजना गर्दै आईफोन १२ सँगै आफ्ना केही नयाँ उत्पादनहरु पनि सार्वजनिक गरेको छ । अन्य उत्पादनहरु पनि सार्वजनिक गरिएता पनि विश्वभरका मोबाईल फोन प्रयोगकर्ताहरुको नजरमा भने आईफोन १२ नै परेको छ । जापानका ग्राहकहरुले भने १६ अक्टोबर यानेकि आजबाट बुकिङ् गराउन सक्नेछन् । पसलसम्म आईपुग्न भने अझै केहि दिन लाग्ने छ ।

आइफोन १२
आइफोन १२ को धेरैजस्तो डिजाइन आइफोन एक्सकै जस्तो रहेको छ तर आइफोन एक्समा क्यामेरा भने गोलाकारमा थियो भने यो पाली चाँही क्यामेरा चर्तुभुज आकारमा रहेको छ ।
यसको डिस्प्लेमा भने ओएलईडी सुपर रेटिना एक्सडीआर प्यानेल प्रयोग भएको छ । यसमा सेरामिक सिल्ड ग्लासको प्रयोग गरिएको छ ।
यसले गर्दा यो आइफोन एकदमै टिकाउ हुने दाबी गरिएको छ । यसमा ए १४ बायोनिक प्रोसेसरको प्रयोग भएको छ । ५ न्यानोमिटर प्रक्रियामा बनाइएको यो पहिलो चीप हो ।
यसमा दुई ओटा वाईड र अल्ट्रा वाईड क्यामेरा रहेका छन् । यसमा नाईट मोड पनि रहेको छ । यसले फाइभ जीलाई पनि सपोर्ट गर्दछ ।
आइफोन १२ मिनी
यो आइफोन ६ को डिजाइनमा आधारित रहेको डिजाइन हो र नाम अनुसार यो  सानो पनि छ । तर सानो हुनु बाहेक यसको सबै फिचर आइफोन १२ को नै रहेको छ । यसको मूल्य ६९९ अमेरिकी डलर तोकिएको छ ।
आइफोन १२ प्रो र प्रो म्याक्स
आइफोन १२ प्रो र प्रो म्याक्समा स्टेनलेस स्टील फ्रेम प्रयोग गरिएको छ । यो फोन ग्रेफाईट, सिल्भर, गोल्ड र प्यासिफिक निलो रङ्गमा आउनेछ ।


आइफोन १२ प्रो डाईगनलमा ५.८ इन्च देखि ६.१ इन्च सम्म जाने गर्दछ र प्रो म्याक्सको भने ६.५ इन्च देखि ६.७ इन्च रहेको छ । यो अक्टोबर १६ देखि प्रीअडरका लागी राखिने जनाइएको छ ।
आइफोन १२ प्रोको मूल्य ९९९ अमेरिकी डलर पर्छ भने प्रो म्याक्सको मूल्य १०९९ अमेरिकी डलर पर्ने गर्नेछ । यसमा नयाँ लिडार सेन्सर पनि राखिएको छ जसले फोटोहरुमा अगुमेन्टेड रियालिटी दिने गर्दछ ।
यो फोनले फोरके भिडियो पनि सपोर्ट गर्ने गर्दछ । यसले कम लाईटमा ८७ प्रतिशतले राम्रो काम पनि गर्न सक्छ ।
आईफोन १२ मा छैन् चार्जर र ईयरपोड
एप्पलले अब देखि  चार्जर र ईयरपोड दिने छैन् । यस्तो गर्दा २ मिलियन मेट्रिक टन फोहोर कम हुने एप्पलको भनाई रहेको छ ।

यसका अलवा सार्वजनिक गरिएको उत्पादनमा
होमपोड मीनी पर्दछ । यसपाली एप्पलले पहिलेदेखि मागमा रहेको होमपोड मीनी ल्याएको छ । यो एकदमै सानो ३ इन्चको लम्बाई मात्रै रहेको छ । यसले थुप्रै खालको गीतहरुसँग टयून गर्न सक्छ ।
यसले सिरीलाई पनि सपोर्ट गर्ने गर्दछ । यसको आवाजको गुणस्तरीयता पनि एकदमै राम्रो रहेको एप्पलको भनाई छ । यसको मूल्य ९९ अमेरिकी डलर पर्ने बताइएको छ । यसको प्रीअडर भने नोभेम्बर ६ बाट सुरु हुनेछ ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार