{"uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1602755624486","source":"other","origin":"gallery"}

टोकियो । जापान संसारकै व्यस्थ मानिसहरुको मुलुक हो । भनिन्छ यहाँ सेकेन्ड -सेकेन्ड समयको गणना गरिन्छ । काम अनि काम यहाँको विशेषता हो । यो सत्य हो,यहाँ हरेक मानिस हरेकदिन एकदमै व्यस्थ समय तालिकामा बाँधिएको भेटिन्छन् । तर यो व्यस्थताको बिचमा रहेको अर्को सत्य के पनि छ भने जापानीहरुले केवल काम अनि काम मात्रै होईन, साथी भाई भेटघाट,मनोरञ्जन तथा घुमफिरका लागि पनि पर्याप्त समय व्यवस्थापन गरेका हुन्छन् । प्राकृतिक सुन्दरताको आनन्द र मौसमी खानपानको मज्जा लिन पनि जापानीहरु एकदमै अगाडी छन् । त्यसको ज्वलन्त उदाहरण बसन्त ऋतुको ओहानामी(お花見) तथा शरद ऋतुको मोमिजी दृश्यावलोकन (紅葉)लाई लिन सकिन्छ । अहले जापानमा मौसमीरुपमा  शरद ऋतु हो । यतिखेर रुखका हरिया पातहरु पहेलो तथा रातों रंगमा परिणत भई झर्ने क्रममा छन् । जसका कारण यतिखेरको दृश्य निक्कै मनमोहक बनेको छ । जापानमा हुनुहुने तपाईले त अवश्य यो मौसमको आनन्द लिईदैहुनुहुन्छ ।जापान भन्दा बाहिर रहनु हुने पाठकका लागि पनि यो रोमानञ्चक दृश्यले अवश्य मन लोभ्याउनेछ । आउनुस् केहि तस्बिरहरु हेरी आनन्दित बनौँ ।

 

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार