
म कोरोना COVID-19 महाकाल को बृहद मुख को घाँटी सम्म पुगेर फीर्ता भएको छु। COVID-19 के हो भन्ने कुरा जस्ले अती नजीक बाट नीयाल्यो त्यसले मात्र जान्दछ।
अक्टोवर ७ तारीक म काठमाण्डू मा थीएँ बिहान ११:०० बजे तीर एक्कासी शरीर दुख्यो , टाउको दुख्यो , ज्वोरो आए जस्तो फील भयो अनी बेड मा पटीएँको निदाएछु। उठ्दा हल्का फ्रेस भएको आभाष भयो । जापान आउन को लागी पी सी आर टेष्ट गर्नु पर्ने भएको ले त्यसै दीन स्वाब दीईयो अर्को दीन रीजल्ट पनी नेगेटिभ नै आयो । रीजल्ट नेगेटिभ आए पछी अक्टोवर ९ तारीक जापान तीर हींड्ने दीन साँझ पख फेरी त्यस्तै भयो टाउको दुख्ने , शरीर दुख्ने , त्यसपछी एकै छीन रेष्ट पनी गरें ।
म त्यती फ़्रेश थीएन जापान हींड्दा को दीन !
मन ले कता कता के सोंची रहेको थियो । नेपाल एयरलाइंस को जहाज त्यती प्याक थीएन रात भरी नीद्रा लागेन बिहान पख छोरी लाई त्यही सीट मा सुत भनेर म पछाडी पट्टी चार जना को ख़ाली सीट मा गएर लम्पसार परी केही बेर सुतें । प्लेन बाट बाहीर निस्के पछी जापान को पीसीआर टेष्ट गर्ने ठाउँमा अरु सबै को नाम र नंम्वर आयो तर मेरो आएन । मैले मलाई कोरोना पोजेटिभ देखीयो भन्ने अड्कल लगाई सकेको थीएँ ।
छोरी हरु लाई तिमी हरु बाहीर निस्क सायद मलाई कोरोना पोजेटिभ देखीयो भनेर भनें तर छोरी हरु ले सँगै निस्कने हो हामी कुर्छौं भने । धेरै बेर पछी एक जना जापानीज ले आएर त बाहीर जान नपाउने भईस तेरो समान हामी ल्याईदींन्छौं होटल को क्वारेन्टाईनमा बस्नु पर्ने भयो भन्यो । अनी छोरीहरु ले बल्ल बाहीर नीस्कन माने । समान लीएर घर जान भने।
बाहीर मलाई लीन ४/५ ओटा गाड़ी लीएर साथी हरु आएका थीए । साह्रै नरमाईलो पनी लाग्यो अनी साथी हरु लाई कल गरेर म आउन नपाएको र छोरी लाई घर सम्म पुर्याईदीन आग्रह गरी म ईम्मीग्रेसन को स्वास्थ्य टोली संग उनी हरु ले जता लैजान्छन त्यतै लागें ! त्यहाँ जाँदा अरु तीन जना नेपाली दाई र दीदी हरु लाई देखें।
सके सम्म जापानीज ले कसैको पनी ब्यक्तीगत बीबरण बताईदीदैनन। मैले नेपाली हरु हो उहाँ हरु भनी सोद्धा ती अफीसर ले त्यो बताउन मील्दैन भन्यो।
मैले टाढा बाट नेपाली हरु हो तपाँई हरु भनेर सोधें हो भन्नु भयो। एक जना दाई पहीला साईतामाकेन मा बस्ने अहीले योकोहामा सर्नु भएको रहेछ।
एक जना दीदी टोक्यो मा रेष्टुरेन्ट भएको बताउनु भयो भने अर्को दीदी ओशाका बस्नु हुँदो रहेछ। मैले नाम सोधीन कीनभने यो कसै को ब्यक्तीगत कुरा हो यस्तो बेला मा सोध्न पनी चाहीन ।
सबै लाई होटल लैजाने कुरा भएको थीयो मैले मलाई औषधि लीएर मात्र होटल जाने कुरा राखे पछी अरु लाई होटल मा छोड्यो भने मलाई हस्पिटल मा ल्याएर एडमीड गर्यो।
३/४ दीन पछी मलाई ज्वरो , खोकी र टाउको दुखाई ले यती गाल्यो की म जत्ती को आत्मबल भएको मान्छे को आत्मबल पनी कमजोर बनी दीयो।
मैले आफु ले आफै लाई अब यत्ती नै रहेछ मेरो चोला बरु नेपाल मैं भै दीएको भए आफ्नै नेपाल आमा को काख मा त मर्न पाउने थीएँ जस्ता कुरा हरु मन मा आउन थाले। आज सम्म तातो खाना कस्तो हुन्छ भन्ने थाहा पाएको छैन सबै चीज चीसो खाना दीन्छ। बीहान पाउरोटी चीज मीसीएको र फ्रीज बाट निकालेंको चीसो दुध , फ्रीज को नै ओच्या ( ग्रीन टी ) भात पनी चीसो , तरकारी चीसो , सबै चीसो मात्र खाना त्यसमाथी पटक्कै नुन नै नलागेको को खाना ले झन शरीर जीर्ण भएको आभाष भयो।
मैले बाहीर बाट खान मगाउँछु रेन्ची मा तताएर ल्याईदे भन्दा पनी हुँदैन भन्छ। के गरौं के गरौं त्यसै त कोरोना ले गालेर मुख नै नमिठो भएको बेला खाना गतीलो नपाउँदा साह्रै मन रोई रहन्थ्यो तर घर परीवार आत्तीन्छन भनेर राम्रो हुँदै गा छ तिमी हरु नआत्तीनु भन्थें तर मलाई भने बाँच्ने आशा मरी सकेको थीयो।
हुन त बिज्ञान ले पनी भनेको छ जब कुनै चीज घाँटी बाट तल जान्छ त्यस लाई शरीर ले तातो लाई चीसो र चीसो लाई तातो जे बनाउन पर्ने हो हाम्रो शरीर ले त्यसलाई परीवर्तन गरी तुरुन्तै शरीर को तापक्रम अनुसार म्यानेज त गरी हाल्छ नै तै पनी तातो खाई रहेको मान्छे ले चीसो खाना खाँदा पटक्कै रुच्दो रहेनछ।
टाउको फुट्ला जस्तो गरी दुख्ने , शरीर नै च्यातीन्छ की जस्तो गरी दुख्ने , ३९.९ सम्म को ज्वोरो त्यसमा लहरे खोकी !८/१०पटक सम्म त म बेहोश भएर बेड भन्दा बाहीर पल्टीएको हुन्थें !
बेड को नजीकै रहेको बेसिन मा पुग्न नसकेर कती हो कती पटक लडेको छु । लहरे खोकी सुरु भए पछी पुरै पेट बटारेर आन्द्रा भुँडी नै फर्कन्थें। टाउको दुखेर बम जस्तो फुट्छ झै लाग्थ्यो !
जब लहरे खोकी लाग्छ तब पुरै लाइट भएको कोठा मा पनी पुरै अंध्यारो, ब्रह्माण्ड नै अँधेरो भए जस्तो हुने , चारै तीर तारा मंडल जस्तो देखीने अनी बेहोश मै कती पटक त मैले यमराज जस्तो कालो चीज लाई प्रत्येक्ष देखेर आएको जस्तो फ़ील पनी हुने गर्यो ! मैले जती कोरोना COVID -19 लाई नजीक बाट त कस्ले पो देखेको होला र ?
एक्स-रे गर्दा र ब्लड चेक गर्दा अझै COVID-19 का जिवाणु शरीर मा भएको ले १४ दीन को लामो बसाई पछी फेरी १ हप्ता हष्पिटल मैं राखेर अझै औषधोपचार गर्ने भएको छ।
यो नेपाल मा देखीएको भए र नेपाल को हष्पिटल मा भएको भए आज सम्म मा सायद मृत्यु घोषित भै सक्थ्यो होला तर जापान भएको ले अब त बाँचीन्छ की भन्ने झीनो आशा पलाएको छ।
तर सबै ले कोरोना लाई सामान्य सामान्य भनी रहँदा म आफै ले भोगेको मान्छे भएको ले त्यसको खण्डन गर्न मन लाग्छ।
कोरोना कुनै हालत मा सामान्य होईन ।
यो एक निर्दयी भाईरस हो !
म कुनै दीर्घ रोग नभएको ब्यक्ती लाई त मृत्यु को मुख मा पुर्यायो ।
म सँग भएको आत्मबल ले यस्लाई दवाउन सफल भएको छु।
यदी अलीकती पनी बिचल्लीत हुने ब्यक्ती मेरो ठाउँमा कोरोना सँग संघर्ष गर्थ्यो भने सायद ….
आज यस्लाई सामान्य रुघा खोकी र भाईरल ज्वरो को रुप मा लीन आग्रह गर्दै यस्लाई हल्का रुप मा लीन हरेक तह र तप्का बाट उत्प्रेरित गरी रहीएको छ !
जस्ले गर्दा भयावह को स्थिति श्रृजीत हुँदैछ।
हो कुनै ठाउँ मा र कुनै सामाजिक ब्यक्तीत्व लाई कोरोना COVID-19 परीक्षण गर्दा पोजेटिभ देखीयो अनी उहाँ हरु लाई सामान्य खाल का लक्षण हरु देखा परे !
सामान्य खाल कै औषधोपचार पनी भयो !
७/१० दीन को हष्पिटल वा होटल को आईसोलेशन मा बस्नु भयो अहीले घर पनी फर्कीनु भयो !
त्यो धेरै राम्रो भयो ।
यस्मानेमा उहाँ हरु अती भाग्यमानी हुनुहुँदो रहेछ जुन कोरोना को १०% कहर पनी झेल्नु परेन ।
सामान्य औषधोपचार पश्च्यात घर फर्कने हरु धेरै हुनु हुन्छ उहाँ हरु सबै लाई एक मुष्ठ बधाई तथा पुर्ण स्वास्थ्य लाभ को कामना गर्दछु।
उहाँ हरु जस्तो भाग्यमानी मा म पर्न सकीन ! खै कीन हो त्यो कुरा म आफै लाई ताज्जुब लागेर आएको छ ।
त्यसैले कृपया यस्लाई सामान्य रुप मा नसोंचौं
यो अती घातक छ ,
यो अती निर्दयी छ ,
यो एकदमै जब्बर खाल को छ !
सबै ले गहन रुप मा लीनुहोस !
सबै सचेत रहनुहोस
स्वास्थ्य रहनुहोस !
हेलचेक्राँई कदापी नगर्नु होला !
अहीले म पहीला भन्दा धेरै ठीक छु !
खोकी कम हुँदै गै रहेको छ।
कती बेला ज्वोरो आउने सन्चो हुने
कती बेला टाउको दुख्ने , शरीर दुख्ने भै रहेको छ।
एक्स-रे गर्दा र ब्लड मा कोभीड का भाईरस देखीएको ले
कम्ती मा अझै १ हप्ता हष्पिटल बस्नु पर्ने भएको छ !
त्यसैले मैले यो सबै तपाँई हरु समक्ष पुगोस !
यो सामान्य होईन असामान्य भाईरस हो
बेलै मा होस पुर्याउनुहोस भन्न का लागी केही लेख्ने जमर्को गरेको हुँ
नेपाली समुदाय मा भ्रम खड़ा गर्न होईन भ्रम तोड्न को लागी केही
लेखेर शेयर गर्दैछु जस्ले तपाँई को जीवन लाई पनी सहज बनाओस भनेर लेखेको हुँ । कसै लाई यस बाट नराम्रो असर नपरोस !
कोरोना भनेको आत्मबल हो ! आत्मैदेखी त्यसलाई परास्त गर्ने प्रण गर्नु भो भने दीर्घ रोगी हरु ले पनी परास्त गर्ने छन।
त्यसैले सावधानी अपनाउनुहोस ! सचेत रहनुहोस ! स्वस्थ रहनुहोस।
( यो पशुपती गिरी जीको भोगाई, जस्ताको तस्तै साभार गरेका हौँ, यसबाट हामी सबैलाई धेरै जानकारी दिनेछ भन्ने अपेक्षा गरेका छौँ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




