{"uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1603948586965","source":"other","origin":"unknown"}

तपाई यदि जापामा हुनुहुन्छ भने, अवश्य पनि यहाँ मन पर्ने चिजहरु धेरै छन् । यहाँको विकास, बजार,वैज्ञानिक आविष्कार, अतिथि सत्कार, खानको परिकार आदि । तर अलि गहिरिएर हेर्नुभयो भने, केहि यस्ता पाटाहरु पनि छन् कि जो साच्चै तपाईलाई मन नपर्न नि सक्छ । आउनुस् आज तपाईलाई त्यि जापानका मन नपर्ने पाटोहरुको जानकारी गराउँने छौँ ।

१.रामेन ( जापानी नुडल्स) पसलको लाईन

जापानका राम्रा रामेन पसलहरुमा खानका लागि लामो लाईन लाग्ने गर्दछ । जुन लाईनमा २/३ घण्टासम्म पनि बस्नुपर्ने हुन्छ । जुन दृश्य हामी जस्ता विदेशीका लागि त्यति रोमाञचक लाग्दैन । तर यहाँ यस्ता पसलहरुमा यसरी लाईन लागेर कुरेद खानु सामान्य संस्कार नै मान्ने गरिन्छ ।

२. मास्क लगाउने कल्चर

 

जापानमा कतिपय,मानिसहरु सामान्य अवस्थामा पनि मास्क लगाउने गर्दछन् । तर यदि रुघाखोकि लागेको वेलामा तपाईलाई मन नपरे पनि अरुको लागि भए पनि मास्क लगाउनु अनिवार्य मानिन्छ । यो कुरामा भने अहिले बदलिएको परिस्थितिले जापानको मास्क लगाउने संस्कार नै राम्रो रहेको साबित गरिदिएको छ । किनकि जापानमा पहिलेदेखिनै  मास्क लगाउने चलन भएकाले कोरोना संक्रमण न्युनिकरणमा महत्वपूर्ण योगदान पुगेको छ ।

३.परम्परगत चर्पी

एकाध ट्रेन स्टेशन तथा पुरानो घरहरुमा अझै केहि परम्परागत चर्पीहरु छन् जो,विदेशीहरुको लागि प्रयोग गर्न गाह्रो हुने गर्दछ । अझ खासगरी हामी नेपालीहरुको लागि अझ मन नपर्ने वर्गमा पर्दछ ।

४. काम विशेष ड्रेस

जापानमा,हरेक कामका लागि विशेष ड्रेस( पोशाक) निर्धारण गरिएको हुन्छ । जो हरेक दिन काममा छिर्दा लगाउने र काम सकिएपछि खोल्नुपर्दछ । अझ कति पय कम्पनि ( खानेकुरा उत्पादक तथा वितरक कम्पनि) हरुमा त ट्वाईलेट जाँदा/ ब्रेकमा जाँदा पनि ड्रेस फेर्नुपर्ने नियम हुने गर्दछ । यि सब साँच्चै काम गर्दा, झण्टजटिलो लाग्ने गर्दछ। किनकी यिनीहरुको बनावट राम्रो भन्दा पनि सम्बन्धित कामसंगको तादात्म्यता क़ायम गराउने खालको हुने गर्दछ ।

५.भिडभाडपूर्ण ट्रेन

जापानका सिटी ट्रेनहरुमा एकदमै भिडभाड हुनेगर्दछ । यो समस्या खासगरी जापानको टोकियोमा चल्ने सिटी ट्रेनहरुमा अफिस समयम तथा अन्तिम ट्रेनहरुमा अत्याधिक देख्न सकिन्छ । त्यि समयमा ट्रेनमा यति भिड़ हुन्छकि यात्रुलाई भित्र घचेट्न ट्रेन कम्पनीका कर्मचारीहरु नै खटिएका हुन्छन् ।
यि र यस्तै अरु पनि थुप्रै कुराहरु छन् जो तपाईले दैनिक भोगिराख्नुभएको छ, र कसैले भनेपछि ए, हो त ! भन्ने महशुस गर्नुहुन्छ । हामी प्रस्तुत गर्दै जानेछौँ कृपया हामीलाई फ्लो र लाईक गरि संगै रहनुहोला ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार