{"uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1604140529659","source":"other","origin":"unknown","sources":["276135311001201"]}

टोकियो/जापान । गैरआवासीय नेपाली संघ जापानले, पछिल्ला दिन जापानमा कोभिड-१९ को बढ्दो संक्रमणप्रति सतर्क रहन सम्पूर्ण नेपाली समुदायमा अपिल गरेको छ ।

मौसममा आएको बदलावका कारण विश्वव्यापीरुपमै अहिले संक्रमण बढिरहेको छ भने,विभिन्न चाडबाडहरुको भेटघाट तथा अन्य जमघटका कारण जापानका नेपाली समुदायहरुमा ठूलो परिमाणमा संक्रमित भेटिएका छन् ।
नेपाली समुदायमा बढेको संक्रमणप्रति जापान सरकारले विशेष चासो दिई नेपाली दुतावास, गैरआवासीय नेपाली संघ तथा अन्य जिल्लागत संघसंस्थाहरुमा आफ्नो समुदायलाई सचेत गराउन औपचारिक आग्रह नै गरिरहेको छ । यहि वर्तमान परिवेशमा एनआरएनए जापानले एक औपचारिक पत्र सहित जापानवासी सम्पूर्ण नेपालीहरुमा उच्च सतर्कता अप्नाउँदै सुरक्षित रहन तथा सुरक्षित रहने वातावरण बनाउन अपिल गरेको हो । एनआरएनए जापानले अपिलसंगै केहि समस्या परेमा आफ्ना क्षेत्रगत पदाधिकारीहरुसंग सम्पर्क गर्न वा हटलाईन नम्बर ०८०-९७००-६०११ मा सम्पर्क गर्नपनि आग्रह गरेको छ । यस्तो छ एनआरएनए जारी गरेको अपिल

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार