टोकियो/जापान । टोकियोमा पहिलो पटक बिना चालक चलाउन सकिने ट्याक्सीको उच्च गतिको ५ जी ईन्टरनेटको प्रयोग गरि टेस्ट ड्राईभ ( संचालन परिक्षण) गरिएको छ ।


सोम्पो जापान ईन्स्योरेन्स ईंक,केडिडिआई कर्पोरेशन,टियर आईभी ईंक लगायतका कम्पनीहरुले सामुहिक रुपमा टोकियो महानगरको भवन वरपरको सार्वजनिक सडकमा पहिलो परिक्षण ड्राईभ गरेका हुन् । बिहिबार पहिलो पटक परिक्षण गरिएको ट्याक्सी सन २०२२ सम्ममा व्यवसायीक संचालनमा ल्याउने तयारी गरिएको छ ।


उक्त स्वचालित ट्याक्सीको बिहिबारबाट आईताबरसम्म परिक्षण ड्राईभ गरिने कार्यक्रम छ । जुन परिक्षणबाट सुरक्षा, समनिष्ठता,आरमदायीता लगायतका विविध पाटोहरुबारे जानकारी लिई थप परिमार्जन गरिने लक्ष रहेको छ । टोयोटा मोटर कर्पोरेशन जापान ट्याक्सी मोडललाई टियर आईभी ईंकले विकास गरेको अत्याधुनिक सफट वेयरको प्रयोग गरि, केडिडिआईको ५ जी ईन्टरनेटका साथमा सो परिक्षण ड्राईभ संचालन भईरहेको छ ।

परिक्षण ड्राईभमा सहभागी टोकियोका भाईस गभर्नर मियासाका मानबु तथा कम्पनीका प्रमुखहरुले यो स्वचालित ट्याक्सी सुरक्षित र आरमदायी रहेको अनुभव सुनाए । टियर आईभी इंकका खातो सिन्पेईका अनुसार यो परिक्षणले यसको भविष्य निर्धानरण गर्नेछ ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार