
नोभेम्बर २ तारिख साँझ, मेरो ईन्बक्समा कान्तो क्षेत्रबाट एउटा म्यासेज आयो- दाई,म लगायत ४ जनालाई कोभिड-१९ संक्रमण पुष्टि भयो, अहिले घरमै आईसोलेसनमा बसिरहेका छौँ । अव निको नहुने समयसम्म काम गर्न पाउँदैनौ, यो अवस्था कतैबाट केहि राहत मिल्छ की जानकारी दिनु है !
नोभेम्बर ४ तारिख हाम्रो संचारमाध्यमको अफिसियल एकाउन्टको ईनबक्समा कान्तो बाहिरका एक जनाले म्यासेज गर्नुभयो- सर, म … यहाँ बस्छु, हामीले काम गर्ने कम्पनीका लगभग ७/८ जना नेपाली संगै अन्य केहि जापानीहरुमा कोभिड संक्रमण देखियो, तर संयोग मलाई भने संक्रमण भएको रहेनछ । तर संक्रमण फैलिने डरले कम्पनी नै अर्को सुचना जारी नहुनुज्ल बन्द गरिदियो, म लगायत अरु सबै एकैपटक बेरोजगार भयौँ, अब यो अवस्थामा केहि राहत लिन सकिएला त ?
नोभेम्बर ७ तारिख, एक जना शुभचिन्तकले ईनबक्समा म्यासेजमा लेख्नुभयो, – हिजोको फ्लाईटमा जापान आएका … त पुरै सपरिवार घुमघाममा व्यस्त देख्छु त, छिन छिनमै फेस बुक लाईभ आईरहेका छन्, १४ दिन सेल्फ क्वारेन्टिनमा बस्नुपर्ने होईन र ?
नोभेम्बर ८ तारिख अफिसबाट फर्किँदै गर्दा एक जना शुभचिन्तक भेटिए,उनले बाटोमै एकै सासमा भने- नेपालीहरु त कोरोनाले सखापै हुने भए त, जहाँ गए पनि फलानो संक्रमित भए, आईसोलेसनमा छ, हस्पिटलमा छ भन्ने मात्र सुनिन्छ । तपाईलाई थाह होला, लौन वास्तविकता को हो ?
नोभेम्बर ९ तारिख, साँझ एउटा नजिककै चिनजानको नेपाली ईन्डियन रेस्टुरेन्ट गएको त्यहाँ पनि – हैन नेपालीहरु के भएका होलान् एउटै घरमा बस्ने श्रीमती र छोरालाई संक्रमण भएर हस्पिटलमा छन् तर मलाई चाहीँ केहि लक्षण छैन भन्दै पसल- पसल चाहर्दै हिँडेका छन् । लक्षण केहि नभएपनि कम्तिमा १४ दिन त सेल्फ क्वारेन्टिन् बस्नुपर्ने होईन र ?नेपालीहरु देखेर डरै मान्नुपर्ने भयो ।
नोभेम्बर ९ तारिख नै एउटा म्यासेज आयो – सर फलानो … स्कुलमा त ८/९ जना नेपाली विद्यार्थाहरु संक्रमित भएछन् नि, तपाईले थाह पाउनुभयो ?
यि माथिका प्रसंगबाट प्रस्ट हुन्छ कि, जापानका नेपाली समुदायमा यतिखेर कोभिड-१९ को प्रकोप बढिरहेको छ । विभिन्न स्थानहरुमा समुहगत संक्रमण देखिएको छ । संख्यात्मकरुपमा कुन ठाउँमा कति जना संक्रमित भए भनेर ठ्याक्कै भन्न नसके पनि दैनिक झण्डै ८/१० जना नेपालीहरु संक्रमित हुने गरेका छन् । यहि आधारमा हेर्ने हो भने, यो पछिल्लो डेढ महिनाको अन्तरालमा मात्रै ३ सय जनाभन्दा बढी नेपालीहरु जापानमा कोभिड -१९ संक्रमित भएका छन् । भलै उनिहरु अधिकांश ९/१० दिनभित्रै निको हुने गरेका छन् । तर निको भईहाल्ने रहेछ भनेर हेल्चेक्रयाईँ गर्नेहरुका कारण संक्रमण फैलिने क्रमले तिब्रता पाएको देखिन्छ ।
यद्यपी, कोभिड संक्रमितहरुको अनुभव सुन्दा, नमरी स्वर्ग पुगिँदैन भन्ने नेपाली भनाई यथार्थ प्रतित हुनेगर्दछ । संक्रमण नहुनुजेल जति हल्का रुपमा लिईने गरेको छ, संक्रमण पछि, ठ्याक्का विपरित अनुभवहरु सार्वजनिक हुनेगरेको छ । नेपालन्युजपोस्टमा प्रकाशित यो सामाग्री हेर्नुहोस् ।
८/१०पटक सम्म त म बेहोश भएर बेड भन्दा बाहीर पल्टीएको हुन्थें(अनुभव)
अव, तपाईलाई मेरो प्रश्न,विश्व मानव समुदायलाई आकुलव्याकुल पारिरहेको कोभिडलाई तपाई हामी ( जापानमा रहेका नेपालीहरु)किन खेलाँची सम्झि रहेका छौँ ? हामीले हरेक दिन लेख्ने समाचारमा देख्नु भएकै होला जापानमा पनि औषत दैनिक ४ देखि ९ जनासम्मको कोभिडकै कारण मृत्यु हुने गरेको छ । दैनिक झण्डै १ हजारको हाराहारीमा संक्रमित पुष्टि भईरहेका छन् । हालसम्म १८ सय ४९ जनाको ज्यान गईसकेको छ । तर पनि स्वयम संक्रमित र संक्रमणको संभावना भित्र परेका व्यक्तिहरुले किन लापरवाही गरिरहेका छन् ?
सायद, धेरैलाई स्मरण होला,२ साता मात्रै भयो, जापान सरकारले दुतावासको माध्यमबाट नेपाली समुदायलाई सचेत गराएको । यसरी समुदायलाई तोकेरै सचेत गराउनुपर्ने अवस्थाको सिर्जना हुनुमा तपाई/हाम्रो लापरवाही जिम्मेवार छ भन्दा पक्कै अप्ठ्यारो लाग्ला तर सत्य त्यहि हो । अहिले त सचेत मात्रै गराएको छ, तर संक्रमित भएकाहरुले पनि सराकारको कोरोना महामारी नियन्त्रण प्रयासमा साथ नदिने, तोकिएका मापदण्डहरु पुरा नगर्ने जस्ता गतिविधि बढ्दै गए, केहि समय अगाडी टोकियो महानगरले छलफल अघि बढाएको कारबाहीको प्रकृया कार्यन्वयनमा आउन सक्दछ । सोच्नुहोस् त्यस्तो व्यवस्था भए कति गाह्रो होला ।
नियमित काम धन्दा नगरि सुख छैन, त्यो यथार्थ हो, तर त्यसको लागि उच्च सतर्कता जरुरी छ, त्यसैले जापानमा संचालमा रहेका सबै व्यवसायहरुले मापदण्ड पुरा गरिरहेका छन् । तर त्यहि व्यवसायमा संलग्न हामीले भने, बारम्बार हेलचेक्रयाई गरिरहेको विभिन्न घटनाहरुले पुष्टि गरिरहेको छ ।
यि हुन् , नेपाली समुदायले प्रदर्शन गरिरहेका केहि प्रतिनिधि व्यवहारहरु, जसले कोभिड संक्रमण बढाईरहेको छ ।
१.सामुहिक जमघट/नाचगान/ खानपिन
२.अपर्याप्त भेन्टिलेसन ( पसल/व्यवसायहरुमा)
३.सामाजिक दुरी रहित टेवल/कुर्सी( खास गरि रेस्टुरेन्ट व्यवसायहरुमा)
४.मास्कको उचित प्रयोग गर्न नजान्नु या नचाहनु
५.विरामीको लक्षण देखा पर्दैगर्दा पनि कसैलाई जानकारी नै नगराई नियमित कामकाज/भेटघाटमा सहभागी हुनु
६.सरकारले तोकेको मापदण्ड अनुसारको सेल्फ क्वारेन्टिनमा नबस्ने
७.आफु संक्रमित पुष्टि भएपनि आफ्ना वरपरका/संसर्गमा रहेका व्यक्तिहरुलाई जानकारी नगराउने
८.अरुलाई सिकाउन तम्सिने तर आफु कुनै पनि सतर्कता नअप्नाउने ।
यि र यस्तै कारणहरुले,पहिलो पटक ८/१० जना मात्रै संक्रमित भएको नेपाली समुदायमा अहिले ह्वात्तै संक्रमितहरु बढिरहेका छन् । हुन त रोग लागोस, समस्यामा परुँ भन्ने चाहना त कसैलाई नहोला तै पनि त्यो कुरा व्यवहारमा उतार्न नसक्दा समस्या बढिरहेको छ भन्ने कुरा भने हामी सबैले सम्झन जरुरी छ ।
याद गरौँ सजगता अप्नाउँदा अप्नाउँदै संक्रमित हुनु तपाईको द्वोष होईन तर लापरवाहीका कारण संक्रमित हुनु र अरुलाई पनि संक्रमित गराउनु अवश्य द्वोष हो ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




