
टोकियो/जापान । एनआरएनए जापानमा आर्थिक अनिमियतता गरिएको / भएको कुनै घटना तपाईलाई थाह छ ? या एनआरएनए जापानमा अनियमितता हुने गरेको छ भनेर आवाज उठाउने कोहि व्यक्ति चिनजानमा हुनुहुन्छ ? यदि त्यसो हो भने तपाईसंग भएको सुचना दिएर एनआएनए जापानलाई शुद्दिकरण गराउन मद्दत गराउन सक्नुहुनेछ ।
एनआरएनए जापानको आर्थिक अनियमितता बारे उच्चस्तरीय छानबिन समितिले सुझाव संकलन सुरु गरेको छ ।एनआरएन जापानका संस्थापक अध्यक्ष राजन प्रधानाङ्गको संयोजकत्वमा उच्चस्तरीय छानविन समितिले एनआरएनए जापानको बर्तमान कार्यसमिती लगायत पुर्व कार्यसमितीहरू र छानबिनसंग सम्बन्धित सरोकारवाला जापानबासी नेपाली दाजुभाई दीदीबहिनीहरूलाई उच्चस्तरीय छानबिन समितिको कामलाई परिणाममुखी बनाउन सकारात्मक सहयोग लागि अपिल गरेको छ ।
समितिले एनआरएनए जापानले सन् २०१५ मा महाभूकम्पको सहयोगार्थ उठाइको रकम प्रयोग सम्बन्धमा,सन् २०१८ मा सम्पन्न नेपाल फेस्टिबलमा विभिन्न संघसस्थाले दिएको सहयोग रकम बार्षिक प्रतिबेदनमा उल्लेख नगरेको सम्बन्धमा, आध्यात्मिक सेवा केन्द्र जापानद्वारा प्रदान गरेको सहयोग रकमको सम्बन्धमा, स्मारिका प्रकाशनमा अनियमितता भएको भन्ने सम्बन्धमा आफुसंग कुनै पनि प्रकारको प्रमाणहरु भए पेश गरि छानबिन सहयोग गरिदिन जापानवासी सबै नेपाली समुदायमा अनुरोध गरेको हो । समितिको कार्यावधि २०२१ जनवरी २२ सम्म तोकिएको छ ।
केहि समय अगाडि वर्तमान प्रवक्ता सिद्धार्थ श्रेष्ठले एनआरएनए जापानमा अघिल्ला कार्यसमितिले गरेको आर्थिक अनिमियतताबारे छानबिनको माग राख्नुभएको थियो । त्यसपश्चात नेपालन्युजपोस्टले सम्बन्धित सरोकारवाला सबैसंगको अभिमत सहित समाचार पनि प्रस्तुत गरेको थियो । हेर्नुहोस्
एनआरएनए जापानको आर्थिक अनियमितताको वास्तविकता
छानबिन समितिको अनुरोध जस्ताको तस्तै

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




