
नेताद्वय नमस्कार,
म एक प्रदेशी नेपालीको तर्फबाट हजुरहरुसामु समसामयिक विषयवस्तुमा आधारीत रहि केहि जिज्ञासा राख्ने अनुमति चाहन्छु;
अझैसम्म औषधि पत्ता लाग्न नसकेको कोरोना भाइरसको सामु १बर्ष बढि भयो विश्वका कैयौँ शक्तिशाली मुलुकहरु समेत नाजुक बन्दै गइरहेका छन् भने हाम्रो सानो अनि गरीब देश त झन् बढि मारमा परेको छ, अझ हाम्रो देशको त जिम्मेवार निकाय(सरकार) नै आफ्नो घरायसी काम(पार्टिभित्र गुट-उपगुट मिलान,पद-कुर्चीको तानातान,आफन्तलाई संरक्षण लगायत)मा व्यस्त भएर पनि होला देश र जनताको समस्याप्रती जती उत्तरदायी हुनुपर्थ्यो त्यो हुन सकिरहेको छैन ।अझ बढि हाँस्यास्पद त के भने सरकार पक्षधरले चाहिँ जे-जस्तो कार्यक्रम गर्न पनि मिल्ने तर अन्य कसैले भने भौतीक दुरी कायम अथवा सतर्कता अपनाएर नै पनि सडकमा भोक-भोकै बस्न विवश(कोरोनाकै कारण आफ्नो रोजगार गुमेकाहरु लगायत अन्य)हरुलाई विभिन्न सहयोगीहरुबाट सहयोग संकलन गर्दै खाना खुवाउन समेत नपाइने भन्दै उर्दि जारी हुनेगर्दछ ।
यसैबिचमा लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकका छोँटे राजाहरुले केहि गर्न सकेनन् भन्दै पुनः राजसंस्था व्युँताउने प्रयासमा समेत केहि र्यालीहरु निस्किन थालेका छन् !
अब हाम्रो देशमा व्यवस्था परीवर्तनको खाँचो हैन कि आमनागरीकको अवस्था परीवर्तन हुनुपर्छ त्यसको लागी अहिलेकै व्यवस्थामा रहि संविधानका केहि धाराहरुलाई सुधार गर्दै ‘प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख’ हुने गरी अगाडि बढ्दै जनतालाई सु-शासन, सु-व्यवस्था कायम गराई सिंगो देशलाई सुसंस्कृत राजनितीको माध्यमबाट समृद्ध मुलुक बनाउनु नै आजको आवश्यकता हो !
पछिल्लो केहि समययता सामाजिक सञ्जालमा ‘देशको पक्षमा रहने विभिन्न अभियान्ताहरु एक ढिक्का हुँदै, विभिन्न पार्टिहरु एकता हुँदै’ भन्ने खालका समाचारहरु बढि मात्रामा भेटिन थालेका छन्, त्यसैसँगै असार महिनाबाट नै आन्तरीक गृहकार्य गरीरहेका(समाचारमा आएअनुसार) वैकल्पिक शक्ती विवेकशिल दल र साझा पार्टि पुनः एकताको अन्तिम फैसलामा पुग्दै भन्ने खालका समाचार पनि बढि नै आईरहेको पाईएको छ !
यहि विषयको पेरीफेरीमा रहेर म पनि वैकल्पिक राजनितीको पक्षधर भएको हुनाले केहि जिज्ञासाहरु उब्जिरहेका छन्:-
१. यदि १.५बर्षपछि पुनः एकता गर्नुपर्ने अवस्था आउने भएपछि पहिले किन भैरहेको पार्टिलाई फुटाल्नुभएको होला?
२. बराबरी हैसियतको अध्यक्ष र संयोजक (अब बन्ने विवेकशिल साझा पार्टिमा चाहिँ साझा पार्टिका संयोजक रविन्द्र मिश्र अध्यक्ष र विवेकशिल दलका अध्यक्ष मिलन पाण्डे संयोजक हुने गरी समझदारी गरीएको भन्ने समाचारमा आएअनुसार) रहने गरी कस्तो खालको अभ्यास गर्न थाल्नुभयो होला ? बराबरी हैसीयतको २ पद अध्यक्ष र संयोजक रहनु के अर्थपूर्ण छ र ?
३. आखीर ‘जुन जोगी आए पनि कानै चिरेको’ भनेजस्तै हिजो पदमै नमिलेर फुटे-अहिले बराबरी हैसियत मिलाउने गरी जुट्दैछन्, नयाँ अनि वैकल्पिक दल भनीएकाहरु पनि केवल पदको लागी मात्रै रहेछन् भन्ने आमबुजाई हुने भएन र ? अथवा आजसम्म संयोजकको रुपमा रहनुभएको रविन्द्र मिश्रलाई अध्यक्षको अनुभव र अध्यक्षको रुपमा रहनुभएको मिलन पाण्डेलाई संयोजकको अनुभव लिने चाहना पुरा गर्नलाई मात्रै पो यसो गर्न लागीएको हो कि ? यदि त्यसो हैन भने एकताको अन्तिम विन्दुमा पुगीसक्दा पनि कार्यकर्तापंक्तीलाई समेत किन अष्पस्ट छ त अध्यक्ष र संयोजकको जिम्मेवारी के-कस्तो रहने भन्ने (Online Khabar ले मंसीर १५गते’साझा र विवेकशिलको एकता; रविन्द्र अध्यक्ष मिलन संयोजक बन्ने समझदारी’शिर्षकमा आएको समाचारमा समावेश गरीएको अभिव्यक्तिअनुसार “विवेकशीलका एक नेताले अध्यक्षलाई बढि सेरेमोनियल खालको र संयोजकलाई कार्यकारी भूमिका दिने गरी सहमति हुन सक्ने बताए ।
‘तर, अन्तिम सहमति हुन बाँकी भएकाले यसै हुन्छ भन्न सकिँदैन,’ उनले भने ।
साझा पार्टीका एक नेताले भने अध्यक्षमै कार्यकारी अधिकार निहीत रहने दाबी गरे ।”)यदि अझैपनि कार्यकर्तापंक्तीमा यस्तै अन्योल रहेमा यो एकता कती दिगो बन्ला खै,
४. एकपटक छुट्टिइसकेको परीवारका सदस्यहरुलाई बा-आमा,छोराबुहारी मिलेर पुनः एउटै भान्सा गर्दैमा के नाती-नातीनाहरु सँधैभरी मिलेरै बस्न सक्लान् र (उदाहरणको रुपमा:- कैयौँ पटक जुट्दै-फुट्दै गरेका रा.प्र.पा, ने.क.पा,मधेसी दलहरु अनि विभिन्न अभियान्ताहरु लगायतलाई नियालौँ)
५. यदि साँच्चीकै कसैको व्यक्तीगत/पारिवारिक स्वार्थभन्दा माथी उठेर देश बनाउने नै अठोटमा लागीएकै हो भने एकपटक जुटे-फुटेको विवेकशिल र साझा समुह मात्रै भन्दा पनि अन्य व्यक्ती/समुहहरु समेत जसले देश र आमनागरीकको हक-हितको लागी सोँचेको छ, आफ्नो तर्फबाट संघर्ष गरीरहेको छ(जसले राजनीतीमार्फत देश परीवर्तन गर्न सक्ने क्षमता राख्छ उसलाई राजनीतीमै र जसले आफ्नो पेशा-व्यवसाय मार्फत सु-व्यवस्था कायम गराउन मद्दत गर्न सक्छ उसलाई सोहि क्षेत्रमा जिम्मेवारी दिने गरी{जस्तै:-निगम हुमागाईँ, रवि लामिछाने, रमेश खरेल,डा.सुरेन्द्र के सी, डा.महाविर पुन, डा.सन्दुक रुइत,कुलमान घिसीङ,स्वागत नेपाल,धुर्मुस-सुन्तली, अपिल त्रिपाठी,लगायत अन्य}) सबैलाई समेटेर अब साँच्चीकै वैकल्पिक शक्ती दह्रो बनाएर देशमा पचासौँ बर्षपहिलेबाट जरा गाडिरहेको फोहिरी राजनीतीलाई सफा गरी सुसंस्कृत राजनीती मार्फत समृद्ध मुलुक स्थापित गर्न अगाडि बढ्न सकेमा अतिउत्तम हुने थियो नी हैन र ? किन त्यतापट्टि सोँच्न ढिला अथवा कञ्जुस्याईँ गर्नुभयो कुन्नी ,
पुनश्च
फोहोरी राजनीती अनि स्वार्थी नेताहरुको कारणले गर्दा अहिले हाम्रो देश साँच्चीकै ढिलपिलाउँदो डुङ्गाजस्तै भएको छ, यो अवस्थामा रहेको देशलाई उद्धार गर्नको लागी राष्ट्रभक्त व्यक्ती/समुहहरु एकत्रित भएर अब काँध थाप्नुपर्ने समय आएको छ; अन्यथा भोली हाम्रा सन्ततीले ‘हाम्रा पुर्खाहरु नेपाली थिए रे’भन्ने अवस्था नआउला भन्न सकिँदैन !
यी माथी उल्लेखित मेरा जिज्ञासा एवं आम मनोभावनाहरुलाई मनन गर्दै देश र आमनागरीकको चाहना अनुसार अगाडि बढ्नुहुनेछ भन्ने विश्वास लिएको छु ।
धन्यवाद
जय देश
जय स्वाभिमान
सुबाश पौडेल अविरल
जैमिनी-८,बागलुङ
हाल प्रदेशी भुमी जापान
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




