
टोकियो/जापान । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापान ( एनआरएनए जापान) ले “NRNA JAPAN CONCLAVE -2021 ” नामक कार्यक्रम आयोजना गर्ने भएको छ ।एनआरएनए जापानले यहि जनवरी १९ तारिख एक पत्रकार सम्मलेन गरी उक्त कार्यक्रमको जानकारी गराएको हो।
अनलाईनको माध्यमबाट गरिएको पत्रकार सम्मेलनमा कार्यक्रम संयोजक तथा एनआरएनए जापानका महासचिव जनक बिक्रम शाहीले कार्यक्रमको विस्तृत विवरण प्रस्तुत गरेका थिए भने एनआरएनए जापानका अध्यक्ष देविलाल भण्डारीले कार्यक्रमको महत्व बारे प्रस्ट पारेका थिए । सोहि अवसरमा, नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष मोहन घलेले एनआरएनए जापानले उत्कृष्ट कार्यक्रम गर्न लागेकोमा महासंघको पूर्ण सहयोग रहने बताउँदै कार्यक्रममा आम मानिसहरु सहजै लाभन्वित हुनसक्ने खालका अन्य विषय वस्तुहरु पनि थप गराउनेतर्फ ध्यानाकर्षण गराएका थिए । सम्मेलन(Conclave)लाई प्रभावकारी बनाउन आफुहरु सक्दो प्रयासमा जुटिरहेको बताउँदै संस्थाका प्रवक्ता सिद्धार्थ श्रेष्ठले यो कार्यक्रमले जापानवासी नेपाली समुदायलाई कोरोना महामारीको यस विषम परिस्थितिमा महत्त्वपूर्ण सहयोग पुर्याउने अपेक्षा व्यक्त गरेका थिए ।
कार्यक्रमलाई ४ सत्रमा विभाजन गरीएको छ । यहि आउँदो शनिवार ( जनवरी २३ तारिख) बेलुकी ८ बजे पहिलो कार्यक्रम सुरु गरिने छ । एनआरएन जापानले जनाए अनुसार, यो कार्यक्रम फरक – फरक विषय र विज्ञहरुसंगको साथमा सातामा एउटा सेसन ( सत्र) को आयोजना गरिने छ ।
यस्तो छ कार्यक्रमको रुपरेखा ।
१) जनवरी २३, २०२१ (COVID-19 and the current prospects)
यस सेसनमा एलिजा केसी भण्डारीको संयोजनमा, जापानको चिबा स्थित आसाई जनरल हस्पिटलमा कार्यरत हृदय रोग विशेषज्ञ डाक्टर सन्दिप शाक्य, टोकियो विश्वविद्यालयमा भिजिटिंग रिसर्चर रुपमा कार्यरत दिभ्या भण्डारी र सेन्ट लुक्स इन्टरनेश्नल हस्पिटलमा कार्यरत जापानी डाक्टर युताका तोमिशिमाको सहभागिता रहने छ । आयोजक संस्थाका अनुसार, कोभिड-१९ को हालको अवस्था र बिभिन्न सरोकारवालाहरुको अनभुव प्रस्तुत गरी जापानवासी नेपाली समुदायलाई सहि सुचना र जानकारी दिनु यस सेसनको उदेश्य रहेको छ ।
२) जनवरी ३१, २०२१(The Joy and Challenges of Raising Children Aboard)
क्लिनिकल साईकोलोजिस्ट डा. बिजय ज्ञवालीले संचालन गर्ने यस सेसनमा प्रवासी नेपालीले जापानमा बालबालिका हुर्काउँदाका अनुभव ,कठिनाइ तथा सम्भावनाहरुको चर्चा गरिने छ । डाक्टर ज्ञवालीसंग यस सेसनमा,एभरेस्ट ईन्टरनेश्नल स्कूलका प्रिन्सिपल बिष्णु प्रसाद भट्ट , हार्मोनी प्रि-स्कुल ईन्टरनेश्नल (HAPI)का सिईओ प्रदिप थापा र अधिकारकर्मी यशोदा बस्नेत सहभागी हुनेछन् । प्रवाशमा अभिभावकिय सिपको बारेमा खासै चर्चा नहुने हुँदा यस सेसनमा अभिभावकिय सिप र अभिभावकत्वका विभिन्न पक्षमा चर्चा गरिने छ ।
३) फेब्रुवरी ७,२०२१(The Doctors’ Roundtable)
डाक्टर लक्ष्मी कुमार पराजुलीले संयोजन गर्ने यो छलफलमा,जापानको नागोया सेन्टरल हस्पिटलमा कार्यरत न्युरो सर्जन डाक्टर लुशन चालिसे, स्टिल मेमोरियल मुरोरान हस्पिटल होकाइदोमा कार्यरत ग्यास्ट्रो सर्जन डाक्टर ससिम पौडेल, होकाइदो युनिभर्सिटीको मेडिकल ल्याब्रोटी साइन्स विभाग कार्यरत हाल अमेरिकामा रहनुहुने डाक्टर रोजित श्रेष्ठका साथै गुन्मा युनिभर्सिटीमा डाइगोनोस्टिक रेडियोलोजी र न्युक्लियर मेडिसिन सम्बन्धि अध्यनरत डाक्टर सुमन श्रेष्ठको सहभागिता रहने छ। जापान स्थित नेपाली समुदायको जापानी स्वास्थ्य सेवामा पहुँच, यसका चुनौती/अवसर एवं नेपाल र जापानको चिकित्सा क्षेत्रका अन्तर,अवसर तथा चुनौतीहरुका बारे छलफल गर्दै, नेपालको चिकित्सा क्षेत्रका नियमन निकायहरुले अवलम्बन गर्न सक्ने विविध उपायहरु सुझाईने छ ।
४) फेब्रुअरी १३, २०२१ (Life in Japan with Corona,Challenges & Solutions)
डाक्टर भुपालमान श्रेष्ठले संयोजन गर्ने यो सेसनमा खानागावा इन्टरनेसनल फाउन्डेसनका प्रोग्राम अफिसर जिज्ञान कुमार थापा, मिए युनिभर्सिटीकी सहायक प्राध्यापक डाक्टर आश्था प्रभा तुलाधर र टोकियो महानगरपालीकाका नागरिक तथा सांस्कृतिक मामिला ब्यूरोका प्रतिनिधीको सहभागिता रहने छ।यो सेसनमा, कोरोना महामारीमा जापानमा रहेका नेपाली समुदायका जीवन यापान, समस्या र समाधान एवं जापान सरकारले विदेशी हरुका लागि कोरोना संक्रमण पछि बनाएको नितिहरुबाट लिन सकिने लाभका साथै जापानमा बसोवास गरिरहेका समग्र विदेशीहरुको अवस्था लगायतका विषयहरुमा छलफल गरिने छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




