टोकियो/जापान । NRNA JAPAN CONCLAVE -2021 कार्यक्रममा एउटा सेसन थप गरिएको छ । जापान स्थित महिला दिदी बहिनी हरुलाई लक्षीत गरी “Challenges and opportunities for a Nepali woman in Japan” विषय कार्यक्रमको आयोजना हुने भएको हो ।

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापान (NRNA JAPAN) ले गत जनवरी २३ तारीक देखी बिभिन्न विषयमा चरणवद्द रुपमा NRNA JAPAN CONCLAVE -2021 नामक कार्यक्रमको आयोजना गर्दै आएकोछ ।  अहिले सम्म तिन ओटा सेसनको आयोजना भैसकेकोछ भने सुरुवातीमा ४ ओटा सेसनको तय गरी सुरुगरेको कार्यक्रम थप सुझाव र सल्लाह प्राप्त भए अनुसार महिला समस्या एवं अन्य गतिबिधी सम्बन्धी पनी कार्यक्रम गर्दा राम्रो हुने भन्ने कुरा आएकोले चार सेसनको कार्यक्रमलाई थप गरी पाँच पुर्‍याएको हो ।

NRNA जापानकी महिला संयोजक संगिता अधिकारी सुवेदी लाई उक्त सेसनको आयोजनाको जिम्मेवारी दिइए अनुसार “Challenges and opportunities for a Nepali woman in Japan” विषयक सेसनको तय भएको जानकारी प्रवक्ता सिद्धार्थ श्रेष्ठले जानकारी गराउनु भएको हो ।

उक्त कार्यक्रमको संचालन  महिला संयोजक संगिता अधिकारी सुवेदीले गर्नुहुनेछ भने प्यानलिस्ट हरु नेपालबाट एक जना महिला अधिवक्ता, जापान अध्यन सकेर नेपाल रहनु भएकी एक जना मेडिकल डाक्टर र २ जना जापान बाट रहनुहुनेछ।  कार्यक्रम यही फेब्रुवरी १२ तारीक बेलुका ८ बजे बाट हुनेछ ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार