टोकियो/जापान । गैर-आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापान (NRNA JAPAN ) ले NRNA JAPAN CONCLAVE 2021 नामक कार्यक्रम सफलताका साथ सम्पन्न गरेको छ ।जनवरी २३ देखी सुरु गरिएको कार्यक्रम यहि फेब्रुअरी १३ मा सफलताका साथ सम्पन गरिएको हो ।

खासगरी जापानमा बसोवास गरीरहेका नेपाली महिला, अभिभावक, बालबालीका, बिद्यार्थी लगायत सम्पूर्ण दाजुभाई दिदी बहिनीहरुका बिभिन्न समस्या, तिनका समाधान, अवसरका विषयहरुलाई लीइ पांच छुट्टा छुट्टै सेसनमा विभाजन गरी हप्ताको एक पटक एउटा सेसनको आयोजना गरीएको थियो। प्रत्यक सेसनमा सम्बन्धित विषयमा विषय बिज्ञहरुलाई सहभागी गराई गहन रुपमा छलफल गरीएको थीयो। कार्यक्रममा जापानमा र अमेरिकामा कार्यरत नेपाली चिकित्सक, शिक्षाविध, अनुसन्धानकर्ता, नेपाल तथा जापानमा कार्यरत कानुन ब्यावसायी तथा नेपाली बैज्ञानीक र जापानीज डाक्टर साथै टोकियो महानगरपालीकाका उच्च ओहोदाका अधिकारी सेसनका प्यानालिस्ट रहेका थिए ।

कार्यक्रमको वारेमा एनआरएनए जापानका महासचिव तथा यस कार्यक्रमका संयोजक जनक बिक्रम शाहीले बोल्दै यो कार्यक्रम सफलताका साथ सम्पन्न गराउनमा सहयोग पुर्याउने सम्बन्धित सबैलाई धन्यवाद दिदै आयोजना पश्चात के उपलब्धि रह्यो भन्ने जिज्ञासा उठ्नु स्वाभाविक रहे पनि यो कार्यक्रम एउटा Interactive Series अथवा Discussion Series को कन्सेप्टको रुपमा आयोजना गरेको र बिभिन्न क्षेत्रका बिज्ञहरुलाई सहभागी गराई विशेष गरी जापानमै रहेकका हेरेक तह र तप्काका नेपाली दाजुभाई दिदि बहिनि हरुको समस्या, समाधान र अवसरको बारेमामा जानकारी दिनुरहेको थियो साथै NRNA JAPAN को फेसबुक पेज लगायत बिभिन्न ५/६ ओटा मिडियाबाट लाइभ तथा रेकर्डेट भिडियो हेर्नुहुने हजारौं नेपाली दाजु भाई दिदि बहिनि हरुले आवस्यक जानकारी, सूचना प्राप्त गर्नु भयो होला भन्ने विस्वास गरेको बताएका थिए । आगामी दिनमा बिभिन्न क्षेत्रमा कार्यरत विषयमा विज्ञ ज्यूहरुको सुझाव सल्लाह र सहयोग अनुसार आवस्यक योजना बनाइ नेपाल सरकारका बिभिन्न निकायहरुको पोलोसी मेकिङ्ग प्रोसेस मा सहयोग पुग्ने जस्ता कार्यक्रमहरुको आयोजना गर्ने बतायका थिए ।

पाचौं तथा अन्तिम सेसनको समाप्ति संगै समापन समारोहको आयोजना गरीएको थियो। समारोहको प्रमुख अतिथिमा नेपाली दूतावास जापानका उपनियोग प्रमुख अम्बिका जोशी, विशेष अतिथिमा एनआरएनए आइसीसीका निवर्तमान अध्यक्ष भवन भट्ट, आइसीसीकै उपाध्यक्ष डा बद्रि केसी, एसीया प्यासिफिक संयोजक गोबिन्द श्रेष्ठ रोविन्द, युके बाट आइसिस सदस्य राम शरण सिम्खडा, पत्रकार महासंघ जापान साखा अध्यक्ष मोहन घले, बिभिन्न संघ संस्थाका प्रमुख, लगायतको सहभागिता रहेको थियो। अधिकांस अतिथिहरुले एनआरएनए जापानको अहिले सम्मकै उत्कृष्ट कार्यक्रमको आयोजना गरेको, जापानवासी नेपाली समुदायलाई अत्यन्तै ज्ञानवर्दक र लाभदायी रहेको जनाउनुभएको थियो ।

प्रमुख अतिथि अम्बिका जोशीले यस्ता नेपाली समुदाय र आफ्नो मातृभुमीलाई अत्यन्तै उपलब्धिमुलक कार्यमा दुतावासको सधै साथ र सहयोग रहने बतायका थिए। साथै प्रत्येक सेसनका मोड्रेटर र प्यानालिस्ट साथै सबै सहयोगी मिडियालाई ई-प्रमाणपत्र पनी प्रदान गरीएको थियो।
कार्यक्रम सफलपार्न सहयोग गर्ने सम्बन्धित सबैलाई धन्यवाद ज्ञापन गर्दै अध्यक्ष देविलाल भण्डारी र प्रवक्ता सिद्धार्थ श्रेष्ठले आउदा दिनहरुमा पनि यसकार्यक्रमलाई परिमार्जितरुपमा निरन्तरता दिने बताएका थिए।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




