{"uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1613867153351","source":"other","origin":"unknown"}

जापान । एनआरएनए जापान कान्साई क्षेत्रिय समितीको आर्थिक सहयोग तथा सिटी डेन्टल केयरको प्राविधिक सहयोगमा चितवनको अती बिकट ठाउ इच्छा कामना नगरपालिका २ काउले स्थित श्री राष्ट्र्रिय आधारभुत विद्यालयमा निःशुल्क दन्त उपचार शिविर सम्पन्न भएको छ ।

फेब्रुअरी ५ तारिख सम्पन्न शिविरमा सो विद्यालयमा अध्यनरत करिब २०५ जना विद्यार्थीहरुले सेवा लिएका थिए । शिविर संचालन मात्रै नभई एनआरएनए कान्साईले पुन: उपचार पनि गरेको छ। शिविरमा विद्यार्थीहरूले आफ्ना दन्त समस्याहरू निःशुल्क जाँच गराउन पाएकोमा तथा उचित परामर्श पाएकोमा हर्षित हुदै खुशी व्यक्त गरेका थिए। कुल २०५ विद्यार्थीले दन्त शिविरबाट लाभ लिएका थिए जसमा १२० जना छात्रा र ८५ जना छात्र रहेका थिए जसमध्य १६७ चेपाङबालबालीका थिए।

धेरै संख्यामा विभिन्न समस्याहरू रहेको र तिन जनामा अति समस्या रहेकाले उनिहरुको उपचार तथा परामर्शका लागि पुनः एकपटक चिकित्सक हरूको प्राविधिक टोली त्यहि स्कुलमा गएर उपचार गर्ने सोच बमोजीम एनआरएनए कान्साईले निःशुल्क जाँच मात्र गरेर समस्या मात्र थाहा हुने समस्याको निराकरण नहुने हुदा उपचार गरि  रोगको पूर्ण निवारण गर्ने उद्देश्य सहित फेरि यहि फेब्रुअरी १९ तारिक शुक्रवारको दिन कुल ७० जना विद्यार्थीको उपचारको क्रममा ११६ वटा दाँत भरेको एनआरएनए कान्साईका कोषाध्यक्ष विष्णु सापकोटाले जानकारी गराउनु भयो ।

त्यसैगरि सम्पूर्ण चिकित्सक टोलीहरूलाई विकट ठाउमा पूगी उपचारलाई सम्भव तुल्याई दिनुभएकोमा एनआरएनए कान्साईका संयोजक कृष्ण गैरे ज्यूले फोन मार्फत विशेष धन्यवाद व्यक्त गर्नुका साथै आगामी दिन अन्य ठाउमा पनि सहकार्यका लागि पनि आफूहरू तयार रहेको जानकारी गराउनु भएको थियो।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार