टोकियो।गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापान (एनआरएनए जापान) ले आउँदो (सन २०२१-२०२३)कार्यकालको लागि नयाँ सदस्यता आबेदन यहि फेब्रुअरी २५ तारिख ( आज )देखि खुल्ला गरेको छ । आवेदन दिने समयावधि आगमी अप्रिल २५ तारिख सम्म रहने छ ।तोकिएको समयसिमा भित्र आइसीसीको MIS System (Management of Information System) बाट आवेदन दिनुपर्ने छ ।

सदस्य बन्नका लागी ध्यान दिनुपर्ने कुराहरु
१) सर्वप्रथम आफ्नो iPhone अथवा Android फोनमा Smart NRNA App. डाउनलोड गर्नुहोस् (उक्त App नेपाली तथा अंग्रेजी दुवै भाषामा रहेकोछ) र उक्त सिस्टममा मागीएको विवरणहरु भर्नुहोस् ।

२) होमपेजबाट पनी सदस्यता फारम भर्न सक्नुहुनेछ जसको लागी www.members.nrna.org मा गएर सदस्यता बन्न सक्नु हुनेछ। ३) एनआरएनए जापानको JP Bank को खाता नम्बर (JP 10930 -13431561) मा एक हजार येन जम्मा गर्नुस (जम्मा गरेको रिसिप्टको फोटो खिचेर राख्नुस ताकी उक्त सिस्टममा रिसिप्टको फोटो अपलोड गर्नु पर्नेहुन्छ) । ४) (जाइरो कार्ड) को कपि। ५) जापानी नागारिकता भएका नेपालीहरुको हकमा जापानी आईडी कार्डकोकपी अथवा जापानीज पासपोर्टको कपी।६) उमेरको हदमा १८ वर्ष कटेको हुनुपर्नेछ।
७) जापान प्रवेश गरेको ६ महिना ( १८२ दिन) पुगेको हुनुपर्नेछ। ८) सम्बन्धित व्यक्तिको फोन नम्बर र सही ईमेल ठेगाना हुनुपर्नेछ।९) अन्य थप विवरण आबेदन फारममा माग भए बमोजिम भर्नुपर्नेछ। १०)एकजनाको बैंक खाताबाट बढीमा २ जना सदस्यको सदस्यता शुल्क जम्मा गर्न पाइनेछ त्यो भन्दा बढी मान्यहुनेछैन ।

सदस्यता नवीकरण कसरी गर्ने त ?
एनआरएनए जापानका महासचिब जनक विक्रम शाहीले दिएको जानकारी अनुसार ( सन२०१९-२०२१)कार्यकालमा सदस्य बनेका व्यक्तिहरुतो सदस्यता नवीकरण गर्दा नवीकरण शुल्क मात्र जम्मागरे हुने व्यवस्था मिलाउन प्रयास गर्दा पनि गत वर्षबाट एनआरएनए आइसीसीको MIS System बाट बन्ने अधिकांस सदस्यहरुको ईमेल ठेगाना, प्रोफाइल फोटोहरुमा त्रुटीरहेकोले सबै सदस्यहरुले यसै परिमार्जित MIS System अनुसार आफ्नो सहि ईमेल ठेगाना र आफ्नो पासवर्ड नभुल्ने गरि सेटगर्दै सदस्य बन्नु पर्नेछ ।

सदस्यता फारम भर्दा फारममा उल्लेखीत आफु बस्ने क्षेत्रको नाम छनौट गर्ने ठाउँ नभएको खण्डमा अन्य (Other) छनौट गर्नुपर्ने छ । यसका साथै सदस्यता फारम भर्दा कुनै समस्या आएमा membership.nrnajpn.gmail.com मा ईमेल, एनआरएनए जापानको हेल्प लाईन, फेसबुक पेज, कार्यसमितिका पदाधिकारी तथा सदस्य र क्षेत्रीय समिति संयोजक तथा पदाधिकारी तथा सदस्यहरु लाई सम्पर्क गर्नका लागि अनुरोध गरिएको छ ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार