फुकुओका/जापान । एनआरएनए जापान क्युस्यु क्षेत्रीय कार्यसमितिको आयोजनामा जापानको क्युस्यु क्षेत्रमा बसोबास गर्नु हुने नेपालीहरुको जापानी भाषालाई प्रोत्साहन दिनको लागि आयोजित “जापानी भाषा वक्तृत्व कला” प्रतियोगिताका १० उत्कृष्ट प्रतियोगीहरु छनौट भएका छन् ।

एनआरएनए जापान क्युसुले प्रतियोगितामा सहभागू हुन इच्छुक क्युस्युबसी नेपालीहरुलाई २०२१ फेब्रुअरी १५ देखी फेब्रुअरी २८ सम्ममा अनलाइन आबेदन आव्हान गरिएको थियो। उक्त मिति सम्ममा २६ जना क्युस्युबासी नेपालीहरुको आवेदन परेको थियो । आवेदन आव्हान गर्दा सुचना मार्फत सुचित गरे बमोजिम आवेदनको आफ्नो लेख (साकुबुन) को आधारमा निर्णायक मण्डलले छनौट गरी टप १० प्रतियोगीहरु सार्वजनिक गरिएको हो ।

प्रतियोगिताको अन्तिम प्रतिष्पर्धा यहि मार्च २७ तारिख सनिबार दिउसो ठिक १ बजे 〒812-0046福岡市博多区吉塚本町9番15号福岡県中小企業センタービル1階 मा आयोजना हुनेछ । प्रतियोगितामा प्रथम हुनेले २ लाख येन, द्वितिय हुनेले १ लाख येन र तृतीय हुनेले ५० हजार येन नगद पुरस्कार तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार