जापान । जापानमा त्यस्ता धेरै कुराहरु छन् जो पहिलो पटक सुन्दा जो कोहिलाई पनि अचम्म लाग्दछ ।त्यस्तै कुरा मध्येको एक हो- मिए प्रिफ्क्चरमा रहेको बिबाहित जोडी चट्टान (मेओतो,めおと いわ)जसलाई शिन्तो धर्म अनुसार भगवानद्वारा निर्मित सिर्जनाको एक सेतु मानिन्छ । त्यहाँ अवस्थीत २ चट्टानलाई ईजानागी(पुरुष) र ईजानामी( स्त्री) को रुपमा लिने गरिन्छ । शिन्तो धर्मावलम्विहरु ,त्यो चट्टानहरुको संगमलाई विवाहित जोडिको विशेष प्रतिकको रुपमा लिने गर्दछन् ।

त्यहाँ रहेको दुई चट्टान मध्ये ठूलो (जो ९ मिटर अग्लो छ) लाई श्रीमान र सानो चट्टान(जो ३ मिटर अग्लो छ) लाई श्रीमती को संज्ञा दिईएको छ । त्यी दुई चट्टानलाई शिमेनावा (३५ मिटर लामो र १० सेन्टीमिटर मोटो डोरीले जोडिएको छ । जस्लाई स्त्री र पुरुष ( श्रीमान र श्रीमती लाई एउटै सुत्रमा बाँधिएको अर्थमा लिने गरिन्छ ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार