चिबा/जापान ।गैरआवासीय नेपाली संघ जापान चिबा क्षेत्रीय कमिटीले एनआरएनए  जापानको सदस्यता लिनका लागि उत्प्रेरित गर्ने प्रयास गरेको छ । एनआरएनए जापान चिबाले एनआरएनए जापानको सदस्यता किन बन्ने भन्ने जिज्ञासालाई मेटाउने प्रयास गरेको छ ।

गैरआवासीय नेपाली संघ जापानले हाल आगमी अधिवेशन( २१ -२३) लाई लक्षित गर्दै सदस्यता आह्वान गरेको छ । गत फेब्रुअरी २५ तारिखबाट खुल्ला गरिएको सदस्यता आवेदन समय आगमी अप्रिल २५ तारिखसम्म रहने छ । यद्यपी जापानको गैरआवासीय संघमा सदस्यता लिन चाहने मानिसहरुको संख्या भने खासै उत्साहप्रद देखिँदैन । यसै बिच एनआरएनए जापानको सदस्यता किन लिने भन्ने प्रश्नहरु बारम्बार उठिँरहँदा, चिबा क्षेत्रीय समितिले जापानवासी नेपालीहरुमा त्यसको जवाफ दिने प्रयास गरेको हो ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार