साथमा हुनु पर्ने कागज पत्र :
कोरोना नेगेटिभ भएको ल्याव र डाक्टरले प्रमाणित गरेको कागज।
barcode/QRcode,पासपोर्ट, जाईरोकाड
जापानको एयरपोटभित्र बिशेष गरि चेकहुने र गर्नु पर्ने तनावको काम:
-Install OSSMA
-Install skype
-Save Lication information
-Install COVID-19,Contact-Confirming Application (COCOA)
(यि install नेपालबाटै तपाईको मोबाईलमा गर्नु भएमा तपाईको एयरपोट भित्र करिव २ घन्टाको समय बचत हुनेछ ।
-Skype install गरि सकेपछि एकाउन्ट पनि खोल्नु होला, सोहि समयमा तपाईलाई Skype मा म्यासेज हुन्छ, एकाउन्ट नखोल्दा massage आउदैन त्यसैले स्काईप install गरि एकाउन्ट अनिवार्य खोल्नु होला।
-Email तपाईको आफ्नै हुनु पर्ने छ, ईमेल तपाईले लिनु भएको मोवाईलमा आउछ कि आउदैन हेरिने हुदा आफ्नै मेल तपाईको मोवाईलमा पनि आउने गरि तयारी रहनु होला। Qrcode/बारकोट अनिबार्य तपाईले लिनु भएको मोवाईलमा सेटिङगर्नु होला।
तपाईले मोवाईल बोक्नु भएको छैन भने एयरपोट भित्र १५००० येनमा भाडामा पाईन्छ, तर तपाईसंग डलर वा येन छैन भने निकै असहज हुने छ । तपाईलाई त्यो समय १५००० येन जसरी पनी आवस्यक पर्ने हुदा तयारीका र योजनाका साथ रहनु होला।
– विमानस्थलमा देखिएका हाम्रा समस्याहरु
आवस्य पर्ने system install गर्न मोवाई नहुनु, भएको मोवाईलमा पनि सिम नहुनु र सजिलै संग wifi ले साथ नदिनु।हामि धेरै जसोको Email नहुनु ले समस्या भयो, अग्रेजी र जापानी दुवै वोल्न नआउने ब्यक्तिको लागि झनै असजिलो हुने हुदा तपाई हामि सबैले त्यस्ता ब्यक्ति हरु लाई उहाहरुलाई तयारी अवस्थामा पठाउनु तपाई हाम्रो कर्तव्य हुने छ! हामिले धेरै लाई सहयोग गर्यौ तर पनि सबैलाई सहयोग गर्न समयले साथ दिदैन त्यहा जादा आत्मनिर्भर भएर जानु पहिलो बिकल्प हुने छ!
मोवाईल नहुदा कतिपयले मोवाई त्यहि भाडामा लिनु भयो तर पनि पैसा नभएकोले जापानमा रहनु भएको आफन्तलाई फोन गरी पैसा राख्न लगाई निकै सकस तरिकाले काम गर्नु भयो।हामीले एउटा सिम चेन्ज गर्दै ५/६ जनाले माथिमा system हरु install गर्यौ किनकी wifi त्यहा हुदा पनि हामिलाई समयमै साथ दिएन।जापान बाट जादा Immegration ले reintry को लागि छाप लागाएको चिट हराएमा पनि समस्या हुने हुदा त्यो पासपोटमा टासिएको पुनप्रवेश आज्ञा सुरक्षित राख्नु होला, केहि समय त्यसले पनि हामिलाई असहज बनायो।कुनै बिषयमा म कमजोर भएर मलाई असजिलो त पर्ने हैन एयरपोटमा भन्ने कौतुहलता हुन्छ!
समान नेपाल बाट जापान लिआउने हकमा नेपाल बाटै लिआउन नपाउने समान निकाल्न लगाउछ, सके सम्म बारकोड भएका र राम्रो संग प्याकिङ गरि कम्पनिको छाप लगाई स्टिकर लगाएका समान भए राम्रो तर मासुका परिकार र निशेधित बस्तुहरु ल्याउने प्रयास नगर्नु होला, मैले त काच्चो मकै पनि नेपाली एयरपोटमा फालेर आएको हो!
Immegration बाहिर आए पछि को कसका लिन आउनु भएको छ आआफै जानु भयो तर त्यहाको एथार्त दृष्य हेर्दा आफ्नो बासस्थान जान अलमल गरिरहनु भएको थियो, कोही ब्यक्ति २ जना मेरो नजर पर्यो त्यहा बार्गनिङ चलिरहेको थियो र मैले त्यहाको बिषयमा जानकारी लिन खोजे र सोधेँ उहाहरु ओकिनावा जानु पर्ने र आज जान असंभव देखियो। त्यहा २/४ जना ब्यक्ती त्यसरीनै मानिस खोज्दै हिड्नु भएको जस्तो देखिन्थ्यो, खान पिन आफ्नै लाग्ने र प्रति ब्यक्ति रुम भाडा १४ दिनको ५ मानको दरले लैजानु भयो, त्यस्ता ब्यक्ति पेशेवार नहुन भन्ने कामना गर्दछु।मैले रुम निशुल्क खोजिदिने र आवस्यक सहयोग गर्ने कुरा राखेपनि म २ मिनट ढिला भैसकेको रहेछु।
( बुद्धिराज घिमिरे, पुर्व महासचिब -एनआरएनए जापान)
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




