
जापान । सडक बालबालीका जो विभिन्न कारणबाट कुलतमा फस्ने सम्भावना हुन्छ त्यस्ता बालबालीकाहरूलाई सडकबाट ल्याएर उचित शिक्षा दिक्षा दिनुको साथै खानपान तथा आवासको समेत व्यवस्था गरि उनिहरूलाई नया जिवन प्रदान गरिरहेको जोरपाटी स्थित काठमाडौमा रहेको सोबर रिकवरी ट्रीटमेण्ट एंड रिह्याबिलीटेशन सेन्टरलाई एनआरएनए जापान,क्षेत्रिय समिति कान्साईले नेपाली दुई लाख रुपैँया सहयोग गरेको छ । कान्साईका संयोजक कृष्ण गैरेले सो हस्तांतरण गर्नुभएको हो ।

रकम हस्तान्तरण कार्यक्रममा एनआरएनए जापानका अध्यक्ष देविलाल भण्डारी तथा एनआरएनए कान्साईका पूर्व संयोजक टिकाराम कंडेलको पनि उपस्थिति रहेको थियो। रकम हस्तान्तरण कार्यक्रममा आफ्नो मन्तव्य राख्दै एनआरएनए कान्साईका संयोजक कृष्ण शर्मा गैरेले -यसरी भविष्यका कर्णधारहरूप्रति आफ्नो संस्थाको माध्यमबाट सहयोग गर्न पाउदा अलौकिक आनन्द प्राप्त गरेको भन्दै बालबालिकाहरूको उज्ज्वल भविष्यको कामना गर्नुभएको थियो।उक्त रकम लुगा-फाटो ,पाठ्यक्रममा चाहिने सामाग्री लगायत खेल-कूद सामाग्रीका लागि खर्चीने र यस्ता सहयोगहरूले आफूहरूको मनोबल बढाउने भन्दै संचालक द्धय वांगडू र गुरुंगले खुशी व्यक्त गर्नुभएको थियो।

रकम हस्तान्तरण गरिसकेपछि बोल्ने क्रममा एनआरएनए जापानका अध्यक्ष देविलाल भण्डारीले एनआरएनए जापानको समेत साख राख्दै एनआरएनए कान्साईले गरेको आर्थिक सहयोगको प्रति कान्साई क्षेत्रिय समितिको र संयोजक कृष्ण गैरे शर्माको मुक्तकंठले प्रशंसा गर्दै भन्नुभयो । उहाँले यस्तै सेवा भाव भएका व्यक्तिहरूलाई संस्थाको जिम्मेवारी पदमा समेट्दै जान सकेमा भोलीका दिनमा एनआरएनए अझ राम्रो हुदै जाने कुरामा आफू विश्वस्त रहेको भन्दै त्यस्ता व्यक्तिहरूलाई आफ्नो सधै साथ र समर्थन रहने जानकारी गराउनु भयो।
पूर्व संयोजक तथा मानार्थ सदस्य टिकाराम कडेलले सेवामा एनआरएनए कान्साई सधै अगाडी रहेको भन्दै निरन्तरताका लागि शुभकामना दिनु भयो।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




