
टोकियो जापान । एनआरएन जापानका अध्यक्ष देवीलाल भण्डारीले मृतकको रकम हिनामिना गरेको भनि प्रकाशित समाचारमा सत्यता नरहेको बताएका छन् ।
२०१७ को जुलाई महिनामा सडक दुर्घटनामा परि मृत्यु भएका हृदेश जिसीको बिमा बापत प्राप्त भएको रकम हिनामिना गरेको भनि एक साप्ताहिक पत्रिकाले समाचार प्रकाशन गरेपछि भण्डारीले त्यतिबेलाका आर्थिक गतिबिधि बारे आफुलाई कुनै जानकारीनै नभएको बताएका हुन् ।
‘बिमा रकम के कति आएको हो र के कति नेपाल पठाएको हो मलाइ जानकारी छैन’ नेपाल न्यूज पोस्ट संग कुरा गर्दै भण्डारीले भने ‘अदालतको निर्णय बमोजिम जापानी वकिलले बिमा रकम लिएको र उसै मार्फत मृतकका बाबुको खातामा जम्मा भएको हो।’
अदालतको निर्देशन अनुसार जापानी वकिल मार्फत आर्थिक कारोबार भएको र आर्थिक कारोवार बारेको बिल भरपाई अदालतमै रहेको भण्डारीको भनाइ छ । ‘मुद्दा अझै टुङ्गिएको छैन, टुङ्गिएपछि सबै बिल भरपाई प्राप्त हुन्छन जस्तो मलाइ लाग्छ ‘ उनले भने ‘म संग सम्बन्धनै नभएको बिषयमा कसरि आरोप लगाइएको हो बुझ्न सकेको छैन ।’
भण्डारीले आफुलाई लगाएको आरोप पुष्टि गर्न चुनौती समेत दिएका छन् । ‘समाचार प्रकाशन गर्नुपूर्व बास्तबिकता के हो बुझ्नु आबश्यक थियो’ उनले भने ‘हिम्मत छ भने वकिल संग कुरा गर्नुहोस् र यो घटना संग सम्बन्धित रकम मेरो खातामा डिपोजिट भएको मात्रै पनि देखाउनुस, म जस्तो सुकै सजाय भोग्न तयार छु ।’ उक्त घटना संग सम्बन्धित कुनै पनि आर्थिक लेनदेनमा आफ्नो संलग्नता नरहेको उनको दावी छ ।
(हामी दुवैपक्षसंग आरोप मात्रै हो या वास्तविकता हो भन्नेबारे पत्ता लगाउन आर्थिक कारोबारको बिस्तृत जानकारी लिनेक्रममा छौँ । यद्यपी अध्यक्ष भण्डारीले आफु अहिले भर्खरै नेपालबाट जापान आएकाले क्वारेनटाईनमा रहेको र यो अवधी सकिएपछि आरोपका विषयमा वास्तविक जानकारी दिने बताएका छन् । )
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




