जापान । जापानले आविष्कार गरेका विभिन्न प्रविधिहरुले सदैव विश्वभर विशेष चासो सहितको चर्चा बटुल्ने गर्दछ । जापानमा त्यस्ता अनेकन आविष्कारहरु छन् । त्यसमध्ये विश्वका एकसे एक विकसित मुलुकहरुले पनि खुलेर प्रसंशा गर्ने जापानी सौचालयहरुमा प्रयोग भएका प्रविधि पनि एक हो । जापानको सौचालयमा अटोमेटिक खोलिने/बन्द हुने/संगित सुन्न मिल्ने,दिसा/पिसाव गरेपछि एउटा बटम थिचे अटोमेटिक सफा गरिदिने सुविधा, पानीको किफायतीका लागि अप्नाईएका तरिकाहरुले संसार हल्लाईरहेको बेला पछिल्ला दिन अर्को एउटा प्रविधि जडान गरेको छ । जसले अव सौचालयमा बसेर दिसा/पिसाब गर्दै गर्दा तपाई कत्तिको थकित हुनुहुन्छ या हुनुहुन्न भन्ने कुरा पत्ता लगाउन सक्नु हुनेछ ।

जापानमा धेरै मानिसहरुमा थकान मापन एउटा चुनौती जस्तै बन्ने गरेको छ । आफु कति थकित छु भन्ने कुरा नै महसुस गर्न नसकि, काम/काम मात्रै गर्नेहरुको सहरमा यो प्रविधिले सहजता थप्ने अनुमान गर्न सकिन्छ ।

अहिले यो प्रविधिको सौचालय, खानागावा प्रान्तको एबिना सर्भिस एरिया भित्रको सौचालयमा जडान गरिएको छ । हेर्नुहोस् यस प्रविधिले कसरी काम गर्दछ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार