{"uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1618646841482","source":"other","origin":"unknown","sources":["276135311001201"]}

टोकियो/जापान । गैरआवासीय नेपाली संघ जापानको आयोजनामा आज टोकियोमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

एनआरएनए जापानले टोकियो रेडक्रससंगको सहकार्यमा आज(अप्रिल १७ तारिख )सिन्जुकु वार्डस्थित टोकियो रेडक्रस ब्लड सेन्टरको कार्यलयमा रक्तदान कार्यक्रम सम्पन्न गरेको हो । संघका प्रवक्ता सिद्धार्थ श्रेष्ठका अनुसार ४३ जना नेपाली र १२ जना जापानी रक्तदाताहरु सबभागी भई रक्तदान गरेका थिए ।

कार्यक्रमलाई एनआरएनए जापानकी महिला संयोजक संगीता अधिकारी सुवेदीले संयोजन गरेकी थिईन् ।
यो कार्यक्रम गत वर्षको अक्टोबरमा तय भएको भएपनि कोरोना संक्रमणका कारण स्थगन भएको थियो ।

 

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार