{"uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1619869567253","source":"other","origin":"unknown","sources":["276135311001201"]}

एनआरएनए जापानले जापानबाट ९ हजार ८ सय १७ जना नया सदस्य थपिएको जानकारी दिएको छ ।

एनआरएनए जापानले आज जापानको राजधानी टोकियोमा पत्रकार सम्मेलनको आयोजना गरि सदस्यता लिने अन्तिम म्याद सकिदा सम्म ९ हजार ८ सय १७ जनाले नया सदस्यता प्राप्त गरेको जानकारी दिएको हो ।

सदस्यता लिने समय अप्रिल ३० तारिख सम्म थियो । २ हजार ८ सय ९८ जनाको कागजपत्र चेकजाँच भैरहेकाले छिट्टै निर्णय लिइने महासचिब जनक बिक्रम शाहीले बताएका छन् । सस्थाको खातामा सदस्यता शुल्क तिरेर पनि बिबिध कारणले सदस्य बन्न नसकेकाहरुको हकमा पनि नया ब्यबस्था हुने बताइएको छ ।

१ हजार ४६ मान भन्दा बढी रकम जम्मा भएको कोषाध्यक्ष कालिका थापाले जानकारी दिइन । पत्रकार सम्मेलन अहिले पनि चलिरहेको छ ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार