
नागोया/जापान । एनआरएनए जापान नागोयाको आठौं क्षेत्रिय अधिवेशनको मिति तय भएको छ। अधिवेशन आगामी जुन ६ तारिक आईतवार तोकिएको हो। अधिवेशन सम्पन्न गर्नका लागी एनआरएनए जापानका सल्लाहकार बिमल अधिकारी संयोजक रहने गरि ३ सदस्यिक निर्वाचन कमिटी समेत गठन गरिएको छ। अन्य सदस्यहरु एनआरएनए जापानका पूर्व महासचिव डा सुदिप अधिकारी र डा विश्वराज कँडेल रहेका छन्। नयाँ समिति चयनका लागी सके सम्म सहमतिको आधारमा सर्वसहमत गर्ने निर्वाचन समितिका संयोजक बिमल अधिकारीले बताए। सर्वसहमत नभएमा जुन १० तारिक अनलाईन भोटिङ्ग द्वारा छिनोफानो गरिने अधिकारीको भनाई छ।
एनआरएनए जापानकै अधिवेशनमा नागोया क्षेत्रलाई महत्वका साथ हेर्ने गरिन्छ। अहिले सम्म यस क्षेत्रिय समितिका संयोजकमा मनोजवम मल्ल, गंगा धर्तिमगर र ईन्द्र पराजुलीको चर्चा छ। मल्ल अहिलेका नागोया क्षेत्रका उप- संयोजक हुन भने धर्तिमगर कोषाध्यक्ष हुन्। पराजुली भने नायोगा क्षेत्रिय समितिमा धेरै अगाडी समितिमा बसेर काम गरेको बताउँछन। त्यस्तै नागोया क्षेत्रिय समितिमा सदस्य देखिआठ वर्ष रहदै उपाध्यक्ष र हाल संरक्षक रहेको बताउदैं अर्जुन केसीले गत अधिवेशनमा कार्यसमिति सर्वसहमत गर्न आफुले संयोजकको उमेदवारी स्थगित गरेको स्मरण गर्दै केसीले नेपालीको साझा संस्था एनआरएनएमा गुट – उपगुट भन्दा सहमतिमा नेतृत्व चयन हुन पर्ने बताउछन् । उनि आफुले संयोजकको नेतृत्व पाए सबैलाई मिलाएर लाने बताउछन ।
एनआरएनए नागोया क्षेत्रिय समितिले उमेदवारी दिनेहरुको उमेदवारी शुल्क पनि तोकेको छ। जस अनुसार क्षेत्रिय संयोजकको लागी पचास हजार येन , उप-संयोजकको लागी चालिस हजार येन तोकिएको छ। त्यस्तै सचिवको लागी तिस हजार येन, उप- सचिव विस हजार येन , कोषाध्यक्ष तिस हजार येन , सह-कोषाध्यक्ष विस हजार येन र कार्यसमिति सदस्य एवं मनोनित सदस्यलाई दश हजार येन उमेदवारी शुल्क लाग्ने छ ।
यतिवेला जापानका पनि कोरोना संक्रमण बढिरहेको र संक्रमण नघटेमा कार्यक्रम भर्चुयल माध्यमबाट गरिने एनआरएनए नागोया क्षेत्रिय समितिका संयोजक श्याम शितलले बताए। जापानभरी हाल करिव १० हजार एनआरएनएका सदस्यहरु रहेको र नागोया क्षेत्रमा १५ सय हाराहारीमा सदस्य रहेको बताईन्छ। अधिवेशनको बेला मात्र हल्ला -खल्ला गर्ने संस्थाको विधि /बिधान र प्रकृयाको समेत हेक्का नभएका , संस्थाको गरिमा राम्रो संग नबुझेकालाई तत्काल नेतृत्वमा ल्याउन नहुने तर्क गर्दैं नागोयामा लामो समय रहेका एनआरएनए जापानका सचिव विष्णु प्रसाद घिमिरेले जापानमा रहेका हरेक नेपाली नेतृत्व चयनका विषयमा सचेत रहेको बताए।
( नागोयाबाट कविकिरण न्यौपानेको संयोजनमा प्रकाशित)
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




